• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

माडीमा सीताराम मूर्तिस्थापना र नेपाली रामचरितमानस


  •   सोमबार, बैशाख २७, २०७८ मा प्रकाशित
  • त्रेतायुगमा अयोध्यामा राम अवतार भएको कुरा शास्त्रमा बताइए पनि त्यो अयोध्या कहाँ पर्छ भन्ने विषयमा आज पनि निश्चित भइ सकेको छैन। भारतमा सर्वोच अदालतले अहिलेको अयोध्याको त्यहि ठाउँ नै रामको जन्मभूमि हो भनेर प्रमाणित हुन न सके पनि हिन्दुहरुको आस्थाको केन्द्र भएको हुँदा राम मन्दिर बनाउन दिने फैशला सुनाए पछि वास्तविक अयोध्या को जिज्ञासा सर्वत्र छाएको थियो।

    Advertisement

    जनकपुर बाल्मीकि आश्रम र माडीका ऐतिहासिक पुरातात्विक विषयलाई अध्ययन गरी तात्कालीन शाास्त्रवर्णित आवागमन सुलभतालाई समेत विचार गरि गतबर्ष असार २९ गते भानुभक्त जयन्ती का दिन रामजन्मभूमि नेपालको चितवन माडीस्थित अयोध्यापुरी हो भनि प्रधानमंत्रीले बोले पछि विश्व भरी नै ठूलो तहल्का मचियो ।

    नेपाल र भारतमा अहिलेसम्म पनि यो विषयले चर्चा पाईरहेकै छ। यसै समयको सेरोफेरोमा हरिहर संन्यास आश्रम देवघाटले १३ औं पुष्पको रुपमा नेपाली रामचरितमानस नामक पुस्तक प्रकाशनमा ल्यायो।

    विश्वका हिन्दुहरुमा सर्वाधिक लोकप्रिय महानतम ग्रन्थ गोस्वामी तुलसीदासजीद्वरा रचित श्रीरामचरितमानसलाई तुलसीराम शर्मा द्वारा त्यहि शैली र त्यहि छन्दमा जस्ताको तस्तै न घटाई न बढाई नेपालीमा अनुवाद गरिएको नेपाली रामचरितमानसले नेपाली जातिको रामभक्तिको भावलाई आकर्षित तुल्यायो ।

    राम जन्म भूमिको प्रामाणिकता र अनुसंधान हुँदै जाला । राम जहाँ जन्मेको भए पनि सीता जन्मेको देशमा रामको राष्ट्रीय स्तरको भव्य धाम हुनु अति नै जरूरी थियो जुन कुरालाई कमनिष्ट भएर पनि प्रधानमंत्रीज्यूले यसरि सम्बोधन गर्नु नेपाली हिन्दू जगतका लागि सुखद विषय हो ।

    संबोधनमात्र न गरेर आँफुले बोलेको कुरालाई पूरा पनि गर्नु भएको छ। आँफ्नै तर्फ़बाट सीता राम लक्ष्मण हनुमानका मूर्ति बनाएर भव्य शोभा यात्रा सहित राम नवमीकाका दिन चितवन माडी अयोध्यापुरीमा मूर्ति स्थापित गराउन काठमाण्डौंबाट शोभायात्रा शुभारंभ गर्दा प्रधानमंत्रीज्यूले हरिहर सन्यास आश्रम देवघाटबाट प्रकाशित नेपाली रामचरितमानस र अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समिति र श्रीराम संस्था अमेरिकाद्वारा प्रकाशित नेपाली सुन्दरकाण्डका पुस्तकहरु राम भगवान को पाउमा चढाई अयोध्यापरी माडीका लागि केबल मूर्तिमात्र पठाउनु भएन रामचरितको दिव्य आदर्श पनि पठाउनु भएको छ।

    स्वस्तिवाचन जय जयकार र पंचे बाजा र बैण्ड बाजाका सुमधुर धुनहरु शंख घण्टध्वनि, नेपाली झ्ण्डा र पहेंला धार्मिक झण्डाहरुले सुसज्जित अनगिन्ती सवारी साधनका साथ सीताराम लक्ष्मण हनुमान विराजित चार वटै सुसज्जित सवारीहरु अयोध्यापुरी माडीका लागि प्रस्थान गर्दाको वालुवाटारको उत्साह र उमंगमय दृश्यले राजा दशरथको दरबारमा रामजन्मको भव्य उत्सव र आनन्द भइरहेको हो कि भन्ने भान हुन्थ्यो । धर्मप्राण नेपाली जनताको भावनाको कदर वालुवाटारबाट आजसम्म कहिलै यसरी भएको थिएन।

    प्रधानमंत्रीको घोषणापछि गतबर्षमा माडी नगरपालिका कै आयोजनामा नेपाली रामचरितमानस सुन्दरकाण्डको भव्य रुपमा सामूहिक संगीतमय पारायण गरिएको र त्यसले देश विदेशमा तरंग ल्याएको थियो । भारतीय हिन्दु समाजमा सर्वाधिक लोकप्रिय रामचरितमानस अब नेपालमा नेपालीमा नै पढ्न र अनुष्ठान गर्न पाउँदा यहाँको धार्मिक जगत प्रफुल्लित छ।

    शोभायात्रामा काठमाण्डौंदेखि देवघाट र माडीसम्म उर्लिएको मानव मानव सागर अवर्णनीय थियो । सीता राम प्रति जन आस्था शोभायात्रा को माध्यमले प्रकट भएको होकि जस्तो लाग्दथ्यो । अशोक वाटिकाबाट सीता रामको निकट आउँदा दर्शनका लागि जसरी बाँदर सागर उर्लेर आयो अथवा चौध बर्ष पूरा गरि राम भगवान अयोध्या फर्कदा जुन उमंग उत्साह का साथ अयोध्या उर्लिएको थियो त्यहि शैली र भावमा मानव सागर उर्लिएको थियो ।

    शंख ध्वनि घंट ध्वनि जय जयकार भजन कीर्तन धूप दीप वार वार नमन फुल माला र अबीरको बर्षा बाजा गाजा पुष्पवृष्टि र सुरक्षाकर्मीका दर्जनौं सीठीहरुले वातावरणलाई भक्तिमय र रंगीन बनाएका थिए। ठाउँ ठाउँमा सिंगारेर राखेका घडा कलश झकिझकाउ स्वागतद्वार स्वागत गीत सुशोभित पंचकन्या सडकका दुबैतिर लामबद्ध हज़ारौं भक्तजनले गाएको श्रीराम जय राम जय राम का भावयुक्त सुमधुर आवाजहरु जय जयकारको गगनव्यापी ध्वनि आदिको मोहकतालाई कसरी वर्णन गर्न सकिन्छ र ।भरतपुर देखि माडीसम्म प्रत्येक चोक चोकमा सीतारामको दर्शन गर्न भजन कीर्तन नाँच गान गर्दै प्रतीक्षारत हजारौं भक्तजनहरुको उमंग उत्साह र आनन्द देख्न लायक़ थियो ।

    रामभक्तिमा भावविभोर बनेको देवघाटको दृश्य साँच्चै दर्शनीय थियो । मंत्रीहरु पनि भस्मको त्रिपुण्ड लगाएर स्वामीजीहरुसंग घुमेको दृश्यले त रामराज्य नै आएको हो कि जस्तो लाग्दथ्यो । देवघाट को धार्मिक जगत प्रधानमंत्रीको यस अभियानमा यसरी जुट्ला भनेर कसैले कल्पना पनि गरेको थिएन होला। तर देवघाटमा साधु सन्त त्यागी तपस्वी योगी महात्मा ब्राह्मण बटुहरुको अपार सागर पूर्णिमाको चन्द्रमालाई देखेर शान्त सागरमा ज्वारभाटा आए सरी उर्लिएको थियो ।

    देवघाटमा श्रीराम जानकी गार्गी कन्या गुरुकुलम् का कन्याहरुले गरेको सीताराम भगवान को स्वागतका लागि नेपाली रामचरितमानस सुनदरकाण्डको सामूहिक पाठ समग्र कार्यक्रम को नौलो र आकर्षक प्रस्तुति थियो ।देवघाटको धार्मिक जगतको यो कल्पनातीत समर्थन साँच्चै नै दर्शनीय थियो ।योगी नरहरिनाथका अनुसार रामले वागीश्वरीमा पढ्नु भएको हो । सीता भासिएको ठाउँ पनि देवघाट हो र रामले देवघाटमा स्नान गर्नुहुन्थ्यो ।

    त्यसैले देवघाट पनि प्रमुख राम तीर्थमा एक हो भन्दा अत्युक्ति हुने छैन। काठमाण्डौबाट शुरु भएको शोभायात्रा देवघाटमा एक रात बिताउनु र नारायणीका जलले अभिषेक गरिनु अति नै सुझबुझ पूर्ण निर्णय थियो । अयोध्या अनुसन्धानका अध्येता युवा विद्वान रामजी सापकोटा का अनुसार बाल्मीकि रामयण र अन्य शास्त्रहरुको गहन अध्ययन अनुसंधान र विद्वत्परामर्श गरेर नै प्रधानमंत्रीले अयोध्यापुरीलाई रामजन्मभूमि घोषणा गर्नु भएको हो र यसले राष्ट्रीय गौरवलाई बढाएको छ। यो शोभायात्राले हाम्रो सँस्कृतिमाथि पश्चिमाहरुको बढ्दो साँस्कृतिक आक्रमणलाई रोक्ने काम गरेको छ।राज्य स्तरबाटै सँस्कृति संरक्षण को पहल भएको छ। धार्मिक अतिक्रमणमा परेर मूर्झिएका नेपालीहरुलाई जीवन्त तुल्याएको छ। हिन्दु जगतमा प्राण भरेको छ।

    अमेरिका को श्रीराम सँस्थाको प्रतिनिधि बनेर राम नवमीका दिन नेपाली रामचरितमानस संगीतमय पारायण गरि अयोध्यापुरीमा सर्व प्रथम रामकथा सुनाउने अवसर मलाई मिल्यो र त्यो राम नवमीको र मूर्तिस्थापनाको अद्भुत नजारा हेर्ने सौभाग्य पाएँ।
    त्यस बखत अयोध्या नगरी दुहली सजिए झैं सजिएकी थिई ।

    ठाउँ ठाउँमा सुस्वागतम् लेखिएका झकिझकाउ व्यानरहरु, स्वागतद्वारहरु, सिगारिएका जलपूर्ण कलशहरु, नेपालका झण्डाहरु ॐ र श्रीरामका रहेंला झण्डाहरु, तोरण र ध्वजा पताकाको सुन्दर सजावट, उखु र केराका खम्बाहरुको शोभा भनि सक्नु थिएन।अयोध्यापुरीमा नव निर्मित मन्दिरमा मूर्ति स्थापना गर्दाको क्षणमा सर्लक्कै घोप्टिएको माडीका भक्तजनको भीडलाई सम्हाल्न सुरक्षाकर्मीहरुलाई हम्मे हम्मे परेको थियो ।मंचबाट औपचारिक कार्यक्रम स्वस्तिवाचन गरेर शुभारंभ भयो ।

    यो भन्दा पहिले म नेपाली रामचरितमानस बाट रामकथा गर्दै थिएँ। विभिन्न जातिहरुले प्रस्तुत गरेका झाँकीहरुले कार्यक्रमलाई जीवन्त तुल्याएका थिए ।यसरी प्रधानमंत्रीज्यूबाट घोषित अयोध्यापुरीमा सीता राम लक्ष्मण र हनुमानको मूर्ति स्थापित गरियो । काठमांडौ देवघाट र अयोध्यापुरी तीन वटै ठाउँमा समर्पण पाठ पारायण र कथा प्रवचनको माध्यमले राम भगवान, अयोध्यापुरी र नेपाली रामचरितमानसको ऐतिहासिक अन्योन्याश्रित सम्बन्ध रहन गयो ।

    नेपालमा अयोध्याको अवधारणा र नेपाली रामचरितमानस सँगसँगै आउनुलालाई केबल संयोग मात्र न मानेर भगवान श्रीराम कै इच्छा हो भन्नेहरुको पनि कमी देखिएन। आस्था र संयोगको यो योगलाई हेर्ने नजरिया आआफ्नै हुन सक्छन्
    तर पनि नेपालमा रामजन्मभूमि माडीको घोषणा र नेपाली रामचरितमानस सँगै आए ।

    लेखक तुलसीदास र अनुवादक तुलसीराम शर्मा को यो संयोग मिलाएर मिलेको हो भन्न सकिदैन ।बाग्लुंग बिहुँ परमानन्द सँस्कृत विद्यालय रामकोटबाट अध्ययन प्रारंभ गरी बाल्मीकि विद्यापीठ काठमाण्डौंबाट सँस्कृतमा आचार्य (स्नातकोत्तर) गरेका शर्माले शैली र शब्द चयनमा गोस्वामी तुलसीदास कै अनुसरण गरेको देखिन्छ।

    प्रामाणिक रुपमा यस ग्रन्थलाई विद्वानहरुले स्वीकारेर यसको अनुष्ठान शुरु गर्न थालिसकेका छन् । भानुभक्तको रामायण पछि नेपालमा पहिलो अनुसरणीय रामायण यहि हो भन्दा अत्युक्ति न होला । दोहा चौपाई सोरठा छन्दको नेपाली साहित्यमा प्राय प्रयोग भएको पाईदैन ।
    यस ग्रन्थले नेपाली साहित्यमा प्रथम पटक दोहा चौपाई को मूल कपाट नै खोलिदिएको छ।

    भक्तिसाहित्यमा निकै लामो अन्तराल पछि एउटा इटा थपिएको ।
    अहिलेसम्म नेपाल भारत लगायत विश्वका विभिन्न देशहरुमा विद्वज्जन र कलाकारहरुले यसलाई मुक्कण्ठले गान गरिसकेका छन्।
    विभिन्न देशका सुप्रसिद्ध गायक र कथाकारहरुले पनि यसलाई सुमधुर आवाज़ले सजाई सकेका छन्।नेपाल र भारतका सुप्रसिद्ध सन्त वरिष्ठ विद्वानहरुको शुभकामना र शुभ आशीर्वाद प्राप्त यो कृति कृति मात्र न भएर अनुष्ठेय ग्रन्थ बनेको छ। सँस्कृतका मात्र धर्मग्रन्थहरुको अनुष्ठान गरिने नेपाली समाजमा नेपाली रामचरितमानसले शिशुकालमा नै विस्तारै आराधना र अनुष्ठानका लागि आँफुलाई उभ्याउन सफल भएको छ।
    पुस्तक प्रकाशित हुँदै विशाल मंचबाट प्रस्तुत हुने सुनौलो अवसर यस कृतिलाई प्राप्त भयो । गत बर्ष पूर्वाचलको झापास्थित शिव शताक्षी धाम जहाँ ५०० व्राह्मण गुरुहरुले नित्य हवन गर्थे जहाँ नेपाल भारत र भुटान का दशौं लाख भक्तजनको आगमन भयो त्यस यज्ञका प्रमुख प्रवक्ता वृन्दावननिवासी सुप्रसिद्ध विद्वान स्वामी श्री १००८ भागवत शरणजी महाराजले नेपाली रामचरितमानसको गायन सहित संगीतमय कथा प्रस्तुत गर्नुभयो र त्यहिबाट नेपाल भारत र भुटानी नेपाली समाजमा यस ग्रन्थले फैलिने अवसर पायो । अहिलेसम्म कतै नवाह पारायण कतै एकाह पारायण र कतै केबल सुन्दरकाण्ड पारायण पनि भइरहेका छन्।

    नेपालीहरु भएका विभिन्न देशहरुमा अब राकथाको लहर आउन थालेको छ। आँफुले बुझिने नेपाली भाषामा रामचरितमानस पढ्न पाउँदा पाठकहरुमा उमंग छाएको छ।
    प्रथम पटक काठमाण्डौंमा उपप्रधानमन्त्री ईश्वर पोख्रेल जगमान गुरुंग र भारतीय राजदूतावासका प्रतिनिधि केदार शर्माबाट संयुक्त रुपमा लोकार्पण भएको नेपाली रामचरितमानस को अमेरिकामा वरिष्ठ पत्रकार एवं साहित्यकार प्राध्यापक पुरुषोत्तम दाहालले भव्य समारोहकाबीच विमोचन गर्नु भएको थियो ।भारतमा सिक्किमका मुख्यमंत्री प्रतिनिधिबाट लोकार्पण भएर दार्जिलिंग सिक्किम वेस्ट बंगाल र भुटानका नेपाली समाजमा शिशुकाल पार गर्दैछ नेपाली रामचरितमानसले।

    गत बर्ष माडी नगरपालिका र श्रीराम सँस्था अमेरिकाको आयोजनामा माडी अयोध्यापुरीमा सामूहिक संगीतमय नेपाली रामचरितमानस सुन्दरकाण्ड पारायण गरेर स्थानीय स्तरमा र राष्ट्रीय स्तरमा पनि धार्मिक आस्था जगाउने काम र मूर्ति स्थापनाको आधार भूमि निर्माण गर्ने काम नेपाली रामचरितमानसले पहिलै गरिसकेको थियो । जुनसकै रागमा पनि गाउन सकिने नेपाली रामचरितमानसलाई राज्यबाट प्रबर्धन गर्न सके रामका चरित्रका माध्यमले आदर्श नेपाली समाज निर्माणमा ठूलो टेवा पुग्नेछ। अयोध्यापुरी माडी र नेपाली रामचरितमानसलाई सँगै अगाडी बढाउनु वर्तमान परिवेशमा अति वांछनीय देखिन्छ ।

    हीरालाल कण्डेल , श्री परमानंद संस्कृत छात्र परिषदको केन्द्रिय अध्यक्ष तथा राष्ट्रिय कलाकार हुनुहुन्छ।

    सोमबार, बैशाख २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.