• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

अक्सिजन अभावसँगै देशभरिका डन्डी उद्योग बन्द, ‘मानवता भन्दा ठूलो उद्योग होइन’


  •   सोमबार, बैशाख २७, २०७८ मा प्रकाशित
  • काठमाडौं। कोभिडको सङ्क्रमणसँगै सुरु भएको निषेधाज्ञाका कारण देशैभरका फलामे कारखाना धमाधम बन्द हुन थालेका छन्। कोभिड विरामीका लागि अत्यावश्यक अक्सिजन अभावसँगै फलाम उद्योग बन्द भएका हुन्।

    Advertisement

    अक्सिजन सिलिण्डर अभाव भएपछि सरकारले उद्योगका सिलिण्डर फिर्ता गर्न निर्देशन दिएको थियो। अक्सिजन अभावसँगै शंकर समूहको जगदम्बा स्टील, अम्बे समूहको अम्बे र जय अम्बे, पशुपति आइरन र अन्य हुलास वायर, कमला रोलिङ, आरती स्ट्रिप्स, मैनावती स्टील, प्रिमियर वायर, प्रिमियर स्टील, श्री स्टील, लक्ष्मी स्टील बन्द भएका छन्।

    शंकर समूहका प्रवन्ध निर्देशक साहिल अग्रवालले  मानवीय हिसाबले पहिलो प्राथमिकता कोभिडका विरामी रहेको बताउँदै त्यही भएर उद्योगले अक्सिजन सिलिण्डर फिर्ता गरेको बताए। उनका अनुसार सिलिण्डर फिर्ता गरेपछि आठ दिन अघिदेखि जगदम्बा स्टील बन्द भएको छ।

    अम्बे समूहका निर्देशक शिवाज न्यौपानेले मानवियता भन्दा उद्योग ठूलो नहुने भन्दै अक्सिजन अभाव भएपछि डेढ साता अघिनै जय अम्बेले आफ्नो उद्योगमा रहेको अक्सिजन फिर्ता गरेको बताए। ‘हामीले डेढ साता अघिनै नेपालगंजमा रहेको अक्सिजन सिलिण्डर फिर्ता गरेपछि उद्योग बन्द भइसकेको छ। उद्योगको उत्पादन भन्दा जनताको ज्यान ठूलो हो। त्यही भएर हामीले फिर्ता गरेका हौ,’ उनले बिजमाण्डूसँग भने। लक्ष्मी स्टीलका संचालक शशि न्यौपानेले अक्सिजन स्थानीय प्रशासनलाई फिर्ता गरेपछि पाँच दिन अघिदेखि आफ्नो उद्योग बन्द भएको बताए।

    पशुपति आइरनका सञ्चालक अशोक मुरारकाले अक्सिजन नभएपछि आफ्नो उद्योग बन्द भएको बताए।‘अक्सिजन बिना फलामे उद्योगहरू एक मिनट पनि टिक्न सक्तैनन्’, उद्योगी मुरारकाले भने, ‘उत्पादन मेसिनमा अड्कियो भने त्यसलाई काट्न अक्सिजन नै चाहिन्छ। उत्पादनका अन्य प्रक्रियामा पनि अक्सिजन नभई हुँदैन। त्यसैले अक्सिजन भएन भने उद्योग चलाउनै सकिन्न।’

    उनले उद्योग बन्द हुँदा ३ सय मजदुरको व्यवस्थापन गर्नुपरेको उल्लेख गरे। साथै आफ्नो उद्योगले मासिक साढे ५ करोडभन्दा बढी विद्युत् महसुल भुक्तानी गरिरहेको उनको भनाइ छ। उनले पूर्वका सबैजसो फलामे उद्योगले आफ्नै अक्सिजनका सिलिन्डर पनि राखेको तर अक्सिजन उद्योगले औद्योगिक प्रयोजनका लागि रिफिल नगरिदिएको गुनासो गरे।

    मुरारकाले भने, ‘पशुपति आइरनलाई दैनिक ४० वटा सिलिन्डर चाहिन्छ । उद्योगकै सिलिन्डर २० वटा छन्। त्यति रिफिल गरिदिए पनि हामी आधा क्षमतामा उद्योग चलाउन सक्ने थियौँ । तर अक्सिजन उत्पादक रिफिल गर्न मान्दैनन्।’

    उनले मानवीय कल्याणका लागि आफ्नो उद्योग बन्द गर्न आफू तयार रहेको स्पष्ट पार्दै सरकारले पनि उद्योगमैत्री काम गर्नुपर्ने आग्रह गरे।

    मुरारकाको भनाइ छ, ‘हामी उद्योग बन्द गरेर कोभिड नियन्त्रणमा सहयोग गर्न चाहन्छौँ। तर हामीले पनि उद्योग बन्द भएको अवधिको पारिश्रमिक भुक्तानीमा छुट पाउनु पर्छ। त्यस्तै बन्द भएको अवधिको विद्युत् डिमान्ड शुल्क मिनाहा गरिनुपर्छ।’

    सरकारी नीति र निर्देशनका कारण उद्योग बन्द हुने तर उद्योगले कामदार पालिरहनु पर्ने र विद्युत्को डिमान्ड शुल्क तिरिरहनु पर्ने अवस्था अन्त गरिनुपर्ने उनको माग छ।

    आफ्नै अक्सिजन उद्योग भएको प्रिमियर स्टिल र प्रिमियर वायर पनि बन्द गरिएको छ।

    प्रिमियरका सञ्चालक पवनकुमार शारडाका अनुसार सरकारी निर्देशनपछि उनकै स्वामित्वको विनायक अक्सिजन उद्योगले आपूर्ति बन्द गरेको छ।

    ‘प्रिमियर स्टिलको दैनिक उत्पादन क्षमता ८ सय मेट्रिक टन हो’, पवनले भने, ‘प्रिमियर वायरमा अक्सिजनको भूमिका कम हुने हुँदा २५ प्रतिशत क्षमतामा चलिरहेको छ तर ७ दिनदेखि स्टिलको युनिट भने पूर्ण बन्द छ। कच्चा सामग्री आउन सकेको छैन, ढुवानीको समस्या छ। अब वायर युनिट पनि छिटै बन्द हुँदैछ।’

    आरतीका उपाध्यक्ष अश्विनी शर्माले पनि उद्योगको स्टिल युनिट ५ दिनदेखि पूर्ण बन्द भएको जानकारी दिए। उपाध्यक्ष शर्माले उद्योगको कर्कट पाताको युनिट भने २५ प्रतिशत क्षमतामा चलिरहेको बताए।

    शर्माको कथन थियो, ‘अब त कच्चा पदार्थ पनि पाइँदैन। उत्पादित सामग्रीको ढुवानी पनि हुँदैन। मालवस्तुको उत्पादन गर्दै गोदाममा राख्तै गर्दा अब राख्ने ठाउँ पनि छैन। त्यसैले दुई दिनभित्रमा कर्कट पाताको उत्पादन पनि बन्द हुँदैछ।’

    सोमबार, बैशाख २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.