काठमाडौँ, २७ वैशाख । नेकपा एमालेको प्रवभाशाली विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक/अध्यक्ष ऐन महरले संविधान अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले पुनः प्रधानमन्त्रीको सपथ लिने बताउनुभएको छ ।
आज प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले प्रस्तुत गर्नुभएको विश्वासको मत अस्वीकृत भएसँगै अब संविधान अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बहुमतको सरकार निर्माण गर्न आह्वान हुनेछ । त्यसमा आजकै अवस्था हेर्ने हो भने विपक्षी कांग्रेस, माओवादी तथा जनता समाजवादी पार्टी (उपेन्द्र यादव तथा बाबुराम भट्टराई समूह)सहितको गठबन्धनले बहुमत नपुग्ने निश्चित भएको छ । उनिहरुको गठबन्धनले १२४ मत मात्र प्राप्त गर्न सफल भएको छ । संसदमा बहुमत ल्याउन १३६ मत आवश्यक हुन्छ । एमाले भित्रको माधव नेपाल समूहका २८ जनाले प्रधानमन्त्री ओलीको प्रस्तावमा मत नहाल्दा पनि ओलीले ९३ मत प्राप्त गर्नुभएको छ । भने जसपा (राजेन्द्र महतो तथा महन्त ठाकुर समूह)को १५ मत तठष्ठ रहेको छ । आवश्यक पर्दा उक्त १५ मत प्रधानमन्त्री ओलीको पक्षमा रहेका छन् ।
यसरी विपक्षीले बहुमत नपुर्याउने भएपछि संविधान अनुसार ठूलो दलको हैसियतले पुनः ओलीले नै प्रधानमन्त्रीको दावी गर्ने र सोही अनुसार राष्ट्रपतिबाट सपथ हुने संवैधानीक व्यवस्था रहेको छ । सोही कुरालाई स्पष्ट पार्दै संयोजक महरले प्रधानमन्त्री ओलीले पुनः सपथ लिने दावी गर्नुभएको हो । त्यस्तै प्रधानमन्त्री ओली पुनः नियुक्त भएसँगै लालगद्धाहरु समाप्त हुने समेत बताउनुभयो । उहाँका अनुसार लालगद्धारहरु भनेको माधव समूहका २८ जना सांसदहरु रहनुभएको छ । जसले आज प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न संसद बैठकमा अनुपस्थित भएका थिए ।
