निर्मल धिताल। चितवन। कोरोना संक्रमणका कारण नेकपा एमालेका नेता पशुपति चौलागाईंको निधन भएको छ। उहाँ एमालेका अत्यन्तै प्रभावशाली नेता हुनुहुन्थ्यो।चौलागाईं एमालेका केन्द्रिय सदस्य एवं बागमति प्रदेश सभा सदस्य समेत रहनु भएको थियो।
नेता चौलागाईंको निधन पछि एमाले माधब खेमाका नेताहरुले पनि उहाँलाई सामाजिक संजाल मार्फत श्रद्धाञ्जली दिएका छ्न। माधब पक्षका नेता योगेश भट्टराईले त झन म संग कुनै शव्दनै छैन , पशुपति दाइ भनेर सम्बोधन समेत गरेका छ्न।एमाले भित्रको अन्तरबिरोध चर्कीरहेका बेला नेता चौलागाईंको निधनले सबैलाइ स्तब्ध तुल्याएको छ।
नेकपा एमालेमा दुबै पक्ष लचिलो भइ एमाले भित्रको अन्तरसंघर्षको समाधान गर्ने अवसर होला त यो? कुन्ठाग्रत मानसिकता बोकेर बसेका नेपाल पक्षीय नेताहरुको चेत खुल्ला त अब? लाखौं कार्यकर्ताहरु पार्टी एकताको पक्षमा भइरहदा एकताको लागि कत्ति पनि लचिलो नदेखिएका नेपाल पक्षका नेताहरु चौलागाईंको निधनमा भने श्रद्धाञ्जली दिन आतुर देखिए। अब दोश्रो तहका नेताहरुले पनि पार्टी निर्माणका लागि उनीहरुको भुमिकालाई मनन गर्दै पार्टी एकता सहितको सिङ्गो एमालेको विकल्प देख्नु हुँदन। येही नै आम जनता र कार्यकर्ताको आकाङ्क्षा हो।
