चितवन। किराना व्यवासायी संघ चितवनले आफुसग आबद्ध भएका किराना व्यसायीहरुलाई जेष्ठ २ गते देखि जेष्ठ ९ गते सम्म व्यसाय बन्द गर्न आह्वान गरेको छ।
आज बैशाख ३० गते अध्यक्ष रबिन्द्र कुमार श्रेष्ठको हस्ताक्षर सहितको बिज्ञप्ततीमा किराना व्यसायी संघ चितवनले व्यसाय बन्द गर्न आह्वान गरेको हो । कोरोना महामारीका कारण आफुसङ आबद्ध व्यसायीहरु पनि संक्रमित भएका कारण व्यसाय बन्द गर्न आह्वान गरिएको संघका अध्यक्ष श्रेष्ठले बिज्ञप्तती मार्फत जानकारी दिए।
आफुलाइले ज्यानको बाजि राखेर पसल खोलेता पनि अब अवस्था भयावह हुँदै गएकोले जेष्ठ २ देखि जेष्ठ ९ गते सम्म व्यसाय बन्द गर्नु परेको संघले जानकारी दिएको छ।
