चितवन।३१ बैशाख। पहिलो चरणको कोरोना संक्रमणले थलिएको अर्थ तन्त्र उकासिएला भन्ने आशाको किरण छरिन नपाउदै फेरि छिमेकी रास्ट्र भारतमा दिनहु ४०० को दरमा संक्रमण फैलिएको कोभिड नेपालमा पनि नया भ्यारिएन्ट सहितको संक्रमण दिन प्रतिदिन बढदै गैरहेको बढ्दै जादा नागरिक अतासिएको जस्तो देखिन्छ।पछिल्लो केही समय यता सन्क्रमितहरुको संख्या जति बढेको छ तर उत्तिकै मात्रामा उपचार पछि निको हुनेहरुको संख्यामा पनि क्रमिक रुपमा वृद्धि हुँदै आइरहेको छ। नेपाल सरकारले यति बेला आफ्ना नागरिकहरुलाइ सरकारले अनुरोध गरेको सुरक्षा मापदण्ड एक एक गरि प्रयोग मा ल्याउन आनुनय बिनय गरिरहेको छ। सेभ द माइण्ड नेपालकि अध्यक्ष पुजा भुसालको आग्रहमा हाल मकाउ बस्दै आउनुभएका समाज सेबि सुदर्सन थापा मगर ज्युले आफ्नी श्रीमती जो हाल नर्भिक अस्पतालमा भर्ना हुनुहुन्छ उहाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै रु तीस हजार बराबरको खाद्यान्न सहयोग तथा सेभ द माइन्ड नेपाल सस्थाकी अध्यक्ष पुजा भुसालको तर्फबाट रु १० हजार गरि जम्मा भएको ४० हजार रुपैया मध्यमा खर्च भएको रकम बाट बचेको बाकी रकम र लायन शंकर बाबू भट्टराई ज्युद्वारा प्रदान गर्नु भएको रकम बाट आज दृष्टि बिहिन जस्को कहिकतै सहारा छैन उहाहरुलाइ २५ किलो को दरले चमल नुन तेल सरफ १ ग्यास, भुजा सरफ लगायतका खाद्यान्नमा चहिने सम्पुर्ण सामान सस्थाकी अध्यक्ष भुसालको नेतृत्वमा प्रदान गरिएको हो। नेपाल सरकारले निषेधज्ञ जारी गरि रहदा पनि अति बिपन्न अशक्त अपांग दृष्टि बिहिन समलिङ्गी तेस्रो लिङ्गीहरु को सहयोग मा जुटिरहेकी भुसाल र सेभ द माइन्ड नेपाल का सदस्य रिता पाठक संगीता तिमल्सिना यतिबेला सहारा इहिन हरुको घर घरै पुगेर राहत बितरण मा अहोरात्र खटीरहेका छन। यो माहामारीमा सरकार ले निषेधाज्ञा जारी गरि बाहिर निस्किन मनाही गर्दा तपाईं किन यसरी दिनरात खटी रहनु भएको छ भन्ने प्रस्नमा भुसाल भन्छिन रात दिन भोकले मर्ने भैयो औसधी नखाएर निन्द्रा नभएको हप्तादिन भो खानाको दानो छैन ग्यास दाउरा केहिछैन एकै छक भएपनी ल्याइदिनु न भनेर कल आउदा तपाईं भए के गर्नु हुन्थ्यो? प्रती प्रस्न भुसाल को थियो। भुसाल थप्छिन मरे त म एक्लै मरुला तर बचाउन सके भने हरेको को भोको पेटले आशीर्वाद दिदा म बाचेको सार सम्झिन्छु त्यसैले मलाइ बिस्वास गरेर पठाउनु भएको एक एक रुपैयाको हिसाब दातालाइ तपाइले पनि सोध्नु होला खोज्नु भो भने तपाईंलाइ पनिउपलब्ध गराउछौ उनी भन्छिन। सरकारले सहयोग गरिरहेको छ भन्छ तपाईं नै किन त फेरि ? हाम्रो प्रस्नमा उनी भन्छिन त्यो म बोल्दिन जस जस्लाइ हामिले सहयोग गरेका छौ उहाँ हरुलाइ सोद्नुहोस हामी जानू को जरुरी उहहरुले नै बताउनुहुन्छ। तपाईं को हात मा के को औसधी?एउटि दृस्टी बिहिन आमा त्यस्माथी मुटुरोगी मनसिक रोगी अरु के के हो के के बिरामी पनि उहाले औसधी नखाएको हप्ता बितेछ अनिन्द्राले उहाँ बिरामी पनु भएछ तेसैले राती नै मेडिसिन किनेर ल्याएको यस्तो उन्को जवाफ थियो। सेभ द माइण्ड नेपाल ले पहिलो लक डाउन देखि दोस्रो लक डाउन सम्ममा थुप्रै सामाजिक काम्हरु गर्दै आएको छ। अब थप नया कार्य योजना सहित सबै दृष्टि बिहिन लगायत अपांगता भएकाहरुलाइ लाइ स्वोरोजगार बनाउन लक्डाउन पश्चात् सिप्मुलक तालीम र बजार ब्यबस्थापन गर्न सहयोग गर्ने इच्छा रहेको उनी बताउछिन।सेभ द् माइन्ड नेपाल ले सहयोग बितरण गरेको सहयोग लिदै गर्दा सरस्वती साप्कोटाका खुसि सङै गम्भीर मुद्रामा रहेर भनिन ज्यान्को बाजि राखेर घर्घरै यसरी सहयोग लियेको पहिलो हो म शैक्षिक स्तरमा डिग्री गरेकी भएपनि सरकारले मलाइ अन्धो भनेर होला पत्त्तएन ।ग्यास चुलो नबोलेको ७ दिन बित्दा आज पाएकी छु दिन त सरकारले १६०० अपांग भत्ता दिन्छ त्यो मैले भाडा १४०० तिरु कि २०० ले महिना भर के खाउ।हजुर्को आमाबुवा आफन्त हुनुहुन्न? हाम्रो प्रस्नमा उन्ले भनिन आमा बुवा बहेक सबै हुनुहुन्छ तर दाजु भाइ भौजु कोलागि बोझ भए म र घर बाट निस्किए।उनी हाल सम्म स्बिवहित छिन उन्ले अब अरुको सहरामा होइन हजुरहरु जस्तो मनकारि सस्थाले काम दिलाइदिनु भो भने म दृष्टि भएका सरह काम गर्न सक्छु भन्ने लाग्छ।उनी जस्तै अगर बत्ती बेच्दै आएका ३ परिवार दिगो कमाइको बाटो नहुदा बिजोग अवस्थामा देखिन्छन उजेली दिदी जस्तै बत्ती कातेर बेच्दै ३/४ सयले गुजरा धनेको घर लक्डाउन ले लथालिङ्ग पारिदिएको बताउछ्न। सस्थाकी अध्यक्ष भुसालले अब स्थानिय सकार लाई गुहार्ने र नसुने दृस्टी बिहिन्हरु लिएर नगर्पालिका प्रसासन घेर्न बाध्य हुने बताइन।लक डाउन को बेला छ यतिबेला मनबियता द्र्खाउनु छ चाहे जस्तो सुकै परिस्थिति आइपरोस तर अफ्नो सास रहुन्जेल बेसाहारा हरुको साहारा बन्दै घर घरै औषधि पुराउने खाद्यान्न पुराउने लगायतका सहयोग गरिरहने बताउदै अब झन सकियताका साथ हरेक समस्यामा परेका हरुको घर घरै पुगेर सहयोग गर्ने सस्थाको योजना भित्रपरेको उनी बताउछीन। त्यसै गरि हरेक बिपत्तीको समयमा परिस्थिति अनुसार जुधदै त्यस्को सामना गर्दै अगाडि बढ्ने हिम्मत सहित्को सबैको साथ सहयोग र आशीर्वाद मिलेको हुदा थप उर्जा आएको सस्थाका सदस्य रिता पाठक र संगीता भट्टराईको भनाइ रहेको छ।सेभ द लाइभ्स एन्ड हुमानिटी भन्ने नारा रहेको सेभ द माइन्डको कामलाई यतिबेला देश बिदेशमा रहेका नेपालीहरुले पनि एक्दमै सरानिय काम गर्दै रहेको भनि हौसला प्रदान गरिरहेका छन।
“सेभ त माइन्ड नेपाल ” सहयोग लिएर पुग्यो दृष्टि बिहिनको घरघरमा
“सेभ त माइन्ड नेपाल ” सहयोग लिएर पुग्यो दृष्टि बिहिनको घरघरमा
तपाईको प्रतिक्रिया
