निर्मल धिताल । अनेरास्ववियु(अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) एक गर्बिलो इतिहास बोकेको विद्यार्थी संगठन हो। पन्चायती निरंकुसताको अन्धकार विरुद्ध न्याय र स्वतन्त्रताको ज्योति बाल्दै बि.सं २०२२ साल जेष्ठ १ गतेका दिन सुजन(आत्माराम) खरेलको नेतृत्वमा अनेरास्ववियुको स्थापना भएको थियो।
हाम्रो देशको विद्यमान शिक्षा प्रणालीलाई खारेज गरी वैज्ञानिक, जनवादी र र्सवसुलभ शिक्षा प्राप्त गर्न तथा सबैले निशुल्क रुपमा शिक्षा प्राप्त गर्ने व्यवस्था गराउने अनेरास्ववियुको मुख्य एजेन्डा हो। नेपाल र भारत वीच भएका सम्पर्ण अपमानजनक र असमान संन्धि सम्झौताहरु खारेज गर्ने, अनेकौ ठाउँमा भएको सीमा अतिक्रमणको विरोध गरी राष्ट्रिय स्वाधिनता र सामाजिक मुक्तिको आन्दोलनलाई अघि बढाउने, देशीय सामन्तवाद दलाल नोकरशाही पूँजीवाद, विस्तारवाद तथा साम्राज्यवाद विरोधी आन्दोलनमा साथ दिनुकासाथै नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवादको पक्षमा विद्यार्थी समुदायको तर्फाट जनमत सिर्जना गर्ने काम अनेरास्ववियुले गर्दै आएको सर्बबिधितै छ।
अनेरास्ववियुले सैद्धान्तिक रुपमा नेकपा(एमाले)संग राजनितिक सामीप्यता राख्दछ। अनेरास्ववियुले सदैव विद्यार्थीको हक हित र अधिकार सुनिश्चित गर्दै आएको त सबैलाई थाहा भएकै कुरा हो। म पनि अनेरास्ववियुमा आबद्ध विद्यार्थी हु।मैले बिगत ३ बर्षदेखि नियाल्दा अनेरास्ववियु साच्चिकै विद्यार्थीहरुको नेता संगठनका रूपमा प्रस्तुत भएको छ। राष्ट्रियता र स्वाधीनताको बिषयमा पनि अनेरास्ववियु सदैव अगाडी नै छ। बिश्व कोभिड १९ ले आक्रान्त भैरहेको अवस्थामा र देशमा निषेधाज्ञा भैरहेको अवस्थामा पनि अनेरास्ववियुले सक्रियता देखाएर बिचल्ली परेका विद्यार्थीको उद्दार गरिरहेको छ।
बिश्वनै प्रभावित भएको यो महामारीमा नेपालमा पनि विभिन्न शैक्षिक समस्याहरु उत्पन्न भएका छन।उक्त समस्याहरुको हल गर्दै , गौरबशाली विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थीहरुको शैक्षिक भविस्य सुनिश्चित गर्दै अगाडी बढ्नेछ भन्नेमा नेतृत्व संग पूरा आशावादी छु।
