भरतपुर,चितवन।जेष्ठ २।नेपालमा सबै भन्दा बढी कर तिर्ने ब्यक्ति बिजय कुमार शाहा जो जाउलाखेल ग्रुप अफ इन्डस्ट्रीजको मालिक पनि हुनुहुन्छ उहाँले काभ्रेमा रहेको धुलिखेल अस्पताललाई मेडिकल सामान खरिद गर्नको लागी १करोड ३५ लाख सहयोग गर्नु भएछ, त्यस्तै गोल्छा ग्रुप अफ इन्डस्टिका मालिक सेखर गोल्छाले पनि पाटन अस्पताललाई १ करोड रुपैया सहयोग गर्नु भएको सुन्नमा आयो।
चितवनमा पनि अल्लि उच्च उध्यमीहरले, युवाहरुको माध्यमबाट वैदेशिक सहयोग, उद्योग वाणिज्य संघ र अरु विभिन्न क्षेत्रबाट आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरिरहेको देख्न सकिन्छ । त्येसैले हरेक क्षेत्रबाट सहयोग आइरहेको छ, कोहि कसैले सहयोग गर्न चाहानुभएमा सम्बन्धित ठाउँमा आफै उपस्थित भइ वा सहयोग गर्न चाहने ठाउँको खाता नम्बर मागी सहयोग गरिदिनु अनुरोध गर्दै छौ।
तपाई हामिले गरेको सहयोग को कोहि कसैले जस नलिओस र सहयोग को दुरुपयोग पनि नहोस् भन्न चाहान्छौ। त्यसैले सबै चितवन निवासी आमा बुबा दाजुभाइ दिदिबहिनीहरुलाइ हामी के आह्वान गर्न चाहन्छौ भने सकिन्छ आफ्नो ठाँउबाट के सहयोग गर्न सकिन्छ त्यो गरिदिनुहोला र आर्थिक रूपमा सहयोग गर्न परे सम्बन्धित ठाउँमा नै सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ। यदिसकिँदैन सरकार भनेको नियम पालना गरिदिनुहुन पनि अनुरोध गर्दछौ।
सन्देश वाग्ले
संयोजक ,भरतपुर महानगर युवा संजाल
