काठमाडौं ।जेष्ठ ४। नेपालमा कोभिड १९ थप नयाँ भेरियन्टको भाइरस फैलिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट गरिएको ३५ जनाको नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो ।
भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मंगलबार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बिज्ञप्तती मार्फत जानकारी दिएको छ । यो दुबै भेरियन्ट भारतमा पहिलो पटक भेटिएको थियो ।
