काठमाडौं – बागमती प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सदस्यका लागि भएको उपनिर्वाचनको मतगणना सकिँदा नेपाली कांग्रेस समर्थित स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटाले सानदार जीत हात पारेका छन् ।
देवकोटा ५ हजार ८८ मतभारसहित विजयी भएका छन् । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एमालेको माधवकुमार नेपाल पक्षको समर्थन थियो ।
उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’को लज्जास्पद हार भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिखित अपिल जारी गर्दै कारवाहीको चेतावनी दिएपनि एमालेको माधवकुमार नेपाल पक्षले विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारलाई मतदान गरेका छन् ।
सर्वाेच्च अदालतले आजै अन्तरिम आदेश जारी गर्दै बादलको गृहमन्त्री पद समेत चट् गरिदिएको छ ।
