काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शितल निवासबाट फर्केका छन् । बाहिर विपक्षीहरु बसिरहेको समयमा ओली शितल निवासबाट फर्केका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५३ जना सांसदको आफूलाई समर्थन रहेको दावी पेश गर्दै शितल निवासबाट फर्केका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेश गर्दै ओली बाहिरिएका हुन् । स्रोतका अनुसार ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टीका ३२ सांसदको समर्थन आफूलाई रहेको दाबी पेस गरेका छन् ।
