चितवन । माडीमा परिवर्तनका लागि युवा अभियान कार्यक्रम सुरु गरिएको छ । खासगरी माडी नगरपालिका ७ का युवाहरुले सो अभियान संचालन गर्न लागेका हुन । उनीहरुका अनुसार, समाज परिवर्तन गर्नको लागि र समाजलाई असल मार्गमा हिडाउनको लागि युवाहरुको महत्त्वपूर्ण भुमिका रहेको हुँदा यस्तो अभियानको थालनी गर्न लागिएको युवाहरुको भनाइ छ । हालै निर्माण गरिएको अभियानको नाम परिवर्तनको लागि युवा अभियान भन्ने रहेको छ । सो युवाहरुको अभियानले खासगरी समाजमा हुने बेथिति, अनियमितता तथा भ्रष्टाचार जस्ता अनैतिक तत्वहरुको निराकरण गर्ने जस्ता परोपकारी कार्यहरु रहने जनाइएको छ । यो संगै गाउँमा सकारात्मक परिवर्तनको गर्नकाे लागि सम्पूर्ण युवा साथीहरू अाफ्नाे राजनीति अास्था भन्दा माथि उठेर निस्वार्थ भावनाले गाउँको परिवर्तनको लागि दृढताका साथ लाग्नुपर्ने प्रतिबद्धता जाहेर गर्दै अगाडि बढ्न लागिएको समेत युवाहरुले बताएका छन । यसै अनुरुप उनीहरु परिवर्तनको लागि युवा अभियान नामको अभियान लिएर सामाजिक काममा जाेडिन लागेका हुन । भरखरै सुरु हुन लागेको यो अभियानमा देश तथा स्थानीय तहको राजनीतिक परिदृश्यले देखिएको सामाजिक ध्रुवीकरणबाट चिन्तित युवावर्गले देश विदेशमा छरिएर रहेका युवा साथीहरूलाई समेट्दै लैजानको लागि अभियान थालिएको यसै अभियानका प्रस्तावित संयाेजक बिक्रम न्याैपानेले बताए । साथै उनले, गाउँ परिवर्तनको लागि अगाडि बढेको याे अभियानमा दिल खाेलेर हातेमालो गर्दै अगाडि बढ्न सम्पूर्ण वडावासी युवा साथीहरूलाई समेत अपिल गरे । उनी भन्छन्, अभियानमा लाग्नुहुने साथीहरूलाई जागरुक बनाउन विभिन्न उपसमिति बनाई न्युनतम एउटा जिम्मेवारी दिइने समेत संयाेजक न्याैपानेको भनाइ छ । अभियानकाे पहिलाे चरणमा अहिले विश्वब्यापी रुपमा फैलिएको कोभिड महामारीका कारण बिश्व नै अाक्रान्त बनिरहेकाले कोरोना प्रकोपको रोकथामसंगै काेराना प्रभावित विरामीका लागि स्वास्थ्य सामाग्री समेत आज नै हस्तान्तरण गरिएको छ । सो हस्तान्तरण कार्यक्रममा माडी नगरपालिकाकी उप-प्रमुख ताराकाजी महताे, माडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिव प्रसाद सुवेदी तथा बघाैडा अस्पताल एवम माडी काेराेना राेकथाम तथा नियन्त्रण शाखा प्रमुख डा.अालाेक कुमारको उपस्थितिमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । नगर स्वास्थ्य केन्द्र माडी – ७ जगन्नाथपुरीमा संकलन भएको सो स्वास्थ्य सामाग्री अभियानका सदस्य सफल गाैतमकाे संयाेजकत्वमा भएको थियाे । यसैगरी उक्त स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा नगर उप प्रमुख महतोले खुशी व्यक्त गरिन् । परिबर्तनका लागि युवा अभियानले यो विषम परिस्थितिमा चालेको कदम समाज र देशका लागि नै सकारात्मक र सराहनीय रहेको बताइन् । साथै आगामी दिनहरुमा अझ नयाँ उर्जाका साथ अगाडी बढ्न र सधैं सफलताको शिखरमा पुग्न यस संस्था सफल होस् भन्ने शुभकामना व्यक्त गरिन् । भने सो कार्यक्रमको संचालन अभियानकी कोषाध्यक्ष सुनिता तिमिल्सिनाले गरेकी थिइन । भने ब्यबस्थापन अभियानका सदस्य बिनोद पोख्रेलले गरेका थिए ।
माडीमा परिवर्तनका लागि युवा अभियान सुरु
माडीमा परिवर्तनका लागि युवा अभियान सुरु
तपाईको प्रतिक्रिया
