अहिले कतिपय बैंकहरुले शेयर बजारमा सक्रिय रुपमा कारोबार गर्ने गरेका छन्। यस्ता बैंकहरुलाई भने केन्द्रिय बैंकको उक्त निर्देशनले केहि असर गर्ने भएको छ। तर केन्द्रिय बैंकले लङटर्मको इन्भेष्टमेन्ट गर्न भने रोकेको छैन। यसले बैंकहरुकाे आम्दानीमा खासै ठुलाे असर पार्दैन।
यता बैंकहरुले लघुवित्तको शेयर खरिद गर्न नपाउने भएपछि त्यसले पनि तत्कालको लागि लघुवित्तको शेयर मूल्यमा केहि असर गर्न सक्ने देखिन्छ। तर अहिले लघुवित्तको शेयर होल्ड गरिरहेका बैंकहरुलाई पनि उक्त शेयर बिक्री गर्न समय दिएकोले तत्काल ठुलो बिक्री चाप नआउने लगानीकर्ताहरू बताउछन्।
केन्द्रिय बैंकले लघुवित्तको शेयर होल्ड गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई उक्त शेयर बिक्री आगामी पुस मसान्तसम्ममा बिक्री गर्न भनेको छ। बैंक तथा वित्तीय संस्थाले लघुवित्तको शेयर बिक्री गर्न ८ महिनाभन्दा धेरैको समय पाएका छन्। यसले गदा तत्कालै शेयर बेच्नुपर्ने बाध्यता उनीहरुलाई छैन्।
शेयर बजारमा सक्रिय रुपमा लगानी गर्ने बैंकहरुलाई केन्द्रिय बैंकको निर्देशनले केहि असर गर्ने भएपनि अन्य बैंक तथा वित्तीय संस्थालाई खासै ठुलो असर नपर्ने बैंकर्स संघका अध्यक्ष भुवन दाहाल बताउछन्। “केहि बैंकहरुले शेयर बजारमा एक्टिभलि इन्भेष्टमेन्ट गर्ने गरेका थिए, त्यस्ता बैंकहरुलाई केन्द्रीय बैंकको निर्देशनले केहि असर गर्नसक्छ” उनले भने।
बजारमा लघुवित्त कम्पनीहरुको शेयरमूल्य उच्च भयो भन्ने केन्द्रिय बैंकको पनि आँकलन छ। यसले गर्दा पनि केन्द्रिय बैंकले शेयर बजारमा केहि करेक्सन होस भन्ने नै अपेक्षा राखेको जस्तो देखिने उनी बताउछन्।
बैंकहरुलाई कम्पनीको फन्डामेन्टल हेरेर लङटर्म लगानीमा प्रोत्साहन गर्न यस्तो व्यवस्था गरिएको उनले बताए। “केन्द्रिय बैंकले बैंकहरुलाई स्पेकुलेटिभतिर कम गर्नको लागि उक्त निर्देशन दिएको जस्तो देखियो तर केन्द्रिय बैंकले लङटर्म लगानीको लागि भने रोकेको छैन। केन्द्रिय बैंकले बैंकहरुलाई अब सर्टटर्म भन्दा पनि लङटर्मको लागि कम्पनीको फन्डामेन्टल हेरेर लगानी गर्न प्रोत्साहन गरेको देखिन्छ” उनले भने।
विगत १ वर्षदेखि लघुवित्त कम्पनीहरुको शेयरमूल्य उच्च रुपले बढेको छ। पछिल्ले १ वर्षमा धेरै लघुवित्त कम्पनीहरुको शेयरमूल्य दोब्बर भन्दा पनि धेरैले बढेको अवस्था छ। चालु आर्थिक वर्षमा लघुवित्त उपसमूहको सूचक १३० प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा २४३८ विन्दुमा रहेको माइक्रोफाइनान्स उपसमूहको सूचक गत मंगलबारसम्ममा ५६२६ विन्दुमा पुगेको छ ।
अहिले बैंक तथा वित्तीय संस्थासँग लघुवित्तको होल्डिङ कति छ भन्ने एकिन नभई केन्द्रिय बैंकको निर्देशनले कस्तो असर गर्ला भन्न कठिन रहेको शेयर बजारका विश्लेषक हेमन्त बस्याल बताउछन्। तर यसले खासै ठुलो असर भने नपर्ने उनी बताउछन्।
बैंकहरुसँग लघुवित्तको धेरै होल्डिङ छ भने आगामी पुस मसान्तसम्म त्यसलाई बिक्री गर्नुपर्ने हुन्छ। यसले गर्दा सप्लाई केहि बढाउन सक्छ तर थोरै होल्डिङ छ भने यसले खासै असर गर्दैन। “यसले सर्ट टर्मका लागि केहि हल्ला फैलाएर केहि असर गर्न सक्छ तर त्यति ठुलो असर भने गर्दैन” उनले भने
केन्द्रिय बैंकले बैंकहरुलाई सट टर्म ट्रेडिङमा राेक लगाएपछि यसले लङटर्मलाई राम्रो हुने आँकलन उनको छ। यसले शेयर बजारलाई स्थायित्व दिन सहयोग पुर्याउने उनले बताए। केन्द्रीय बैंकले लिएको नीति त्यति राम्रो नभएपनि त्यो नीति लिनको लागि बजारले नै बाध्य पारेको उनको बुझाइ छ।
त्यस्तै नबिल बैंकका डिजिएम मनोज ज्ञवली पनि केन्द्रीय बैंककाे नीतिले केहि बैंकहरुको स्पेकुलेटिभ आम्दानी बन्द हुने बताउछन्। केन्द्रिय बैंकको निर्देशनले बैक तथा बित्तीय संस्थाहरुले अरु बैक तथा बित्तीय संस्थाको शेयरमा लगानी गर्न नपाउने हुन्छ। हाईड्रो, ईन्सुरेन्स र अन्य को डिभिडेन्ड इल्ड २ प्रतिशत पनि नभएकोले बजारमा एक बर्षको मार्केट रिक्स लिएर ट्रेजरी विल भन्दा तलको डिभिडेन्ड इल्डमा कुनै बैक तथा बित्तीय संस्थाको ट्रेजरीले पैसा नहाल्ने र शेयर बजारमा अब बैक तथा बित्तीय संस्थाहरुको थप लगानी नहुने उनी बताउछन्।
नीति नियम परिवर्तन हुँदा बजारमा केहि असर परेपनि अहिले लगानीकर्ताको माग नै लङटर्म लगानीकर्ता र सर्टटर्म लगानीकर्ता छुट्याउनुपर्ने छ। यसले गर्दा लङटर्म इन्भेष्टर र सर्ट टर्म इन्भेष्टर छुट्याउन सहयोग पुगेको अर्का एक विश्लेषकले बताए। तर कन्द्रीय नीतिगत व्यस्थाभन्दा माथि लगानी छ भने त्यो बिक्री गर्न पर्छ यसले गर्दा सप्लाई बढ्ने भएकोले लघुवित्तको शेयरमूल्यमा भने केहि असर पर्ने उनले बताए।
केन्द्रिय बैंकको निर्देशनले बैंकहरुको ब्यालेन्स सिटमा पनि खासै असर नगर्ने उनी बताउछन्। बैंकहरुले ४४ अर्बको सम्पतिमा ५०-६० करोड पनि बजारमा सर्टटर्म लगानी नगर्ने भएकोले त्यसले उनीहरुको आम्दानीमा ठुलो असर नपर्ने जानकारहरू बताउछन्। बैंकहरुले सट टर्म ट्रेडिङ बन्द हुने भएपनि लङटर्म इन्भेष्टमेन्ट भने गर्न पाउने व्यवस्था रहेकोले यसले आम्दानीमा खासै असर नगर्ने बैंकरहरु पनि बताउछन्।
