• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

रोल्पामा वर्षमानले अक्सिजन सिलिन्डरको ‘व्यापार’ गरेको आरोप


  •   बुधबार, जेठ १२, २०७८ मा प्रकाशित
  • रोल्पा । पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ले चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डर स्थानीय तहलाई बेचेर ‘व्यापार’ गरेको आरोप लागेको छ । सरकारी अनुदानमा सिलिन्डर लगेर रोल्पाका स्थानीय तहलाई कार्यकर्ताले बेचिरहेको आरोप उनीमाथि छ ।

    Advertisement

    ‘अनन्त’का स्वकीय सचिव सन्तोष पुनले मंगलबार फेसबुकमा निलो रङका सिलिन्डर फोटो पोस्ट गर्दै लेखेका छन्, ‘रोल्पा जिल्लामा बढ्दो कोरोना संक्रमणको नियन्त्रण र जिल्लाबासीको स्वास्थ्य सुरक्षालाई ख्याल राख्दै आज जिल्ला अस्पताल र गाउँपालिकाहरूको लागि अत्यावश्यक (७६) वटा अक्सिजन सिलिन्डर वर्षमान पुन ‘अनन्त’ ज्यूको विशेष पहलमा रोल्पा पठाउनु भएको छ ।’

    पुनले पोस्टमा रोल्पाका ५ स्थानीय तहलाई १०/१० वटाका दरले, सुनिल स्मृतिलाई ८ वटा र जिल्ला अस्पताल रोल्पालाई १८ वटा सिलिन्डर पठाइएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘रोल्पाका बाँकी ३ वटा स्थानीय तहले भने आफूहरुसँग स्टक बाँकी रहेकाले आवश्यक नरहेको जानकारी गर्नुभयो ।’

    पुनले ‘मन्त्रीज्यूको पहलमा रोल्पा अक्सिजन सिलिन्डर पठाइएको’ पोस्ट गरेको केही समयपछि नै सुनछहरी गाउँपालिका अध्यक्ष आशबहादुर पुन ‘रक्तिम’ले कमेन्ट गर्दै मन्त्री अनन्तको पहलमा आएको भए पनि स्थानीय तहले भुक्तानी गरेको उल्लेख गरे । जबकी सुनछहरी गाउँपालिकाले आफूहरुसँग अक्सिजन सिलिन्डर स्टक रहेको बताउँदै आवश्यक नरहेको बताएको थियो ।

    अनन्तको निजी सचिवालयले आफ्नो पहलमा भने पनि सुनछहरी गाउँपालिका अध्यक्षले आफूहरुले भुक्तानी गरेको उल्लेख गरेपछि अहिले सामाजिक सञ्चाल तताएको छ ।

    के हो वास्तविकता ?
    रोल्पाको लुङ्ग्री गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले अनन्तको सचिवालय बेचेको नभई खरिद गर्नका लागि समन्वयमात्रै गरेको बताए । ‘गाउँगाउँमा अहिले अक्सिजन आवश्यक पर्‍यो । त्यसका लागि उहाँ (अनन्त)लाई पहल गर्न अनुरोध गर्‍यौं,’ उनले भने, ‘हाम्रै अनुरोधमा उहाँले पहलमात्रै गरिदिनु भएको हो । भुक्तानी गर्ने हामी नै हो ।’

    गाउँपालिका अध्यक्ष खड्काले अनन्तले काठमाडौंस्थित बिध् नामक ल्याबबाट आफूहरुको नाममा १० थान अक्सिजन पठाएको जानकारी दिए । ‘बिल गाउँपालिकाको नाममा आएको छ । भुक्तानी अझै गरिसक्या छैनौं । अब भोलितिर गर्नुपर्ला !’ उनले भने । उनले सिधा भुक्तानी गर्न गाउँपालिकालाई ल्यावको खाता नम्बर पूर्वमन्त्री अनन्तले नै उपलब्ध गराइसकेको बताए ।

    गाउँपालिकाको नाममा १० वटा सिलिन्डरको ढुवानीसहित २ लाख ९३ हजार रुपैयाँ बिल आएको अध्यक्ष खड्काले जानकारी दिए ।

    अनन्त सचिवालयले पनि पूर्वमन्त्री पुनले पहल गरे पनि व्यापार नगरेको दाबी गरेको छ । ‘यो सरासर राजनीतिक प्रतिशोध साँध्ने हिसाबले आरोप लगाइयो । पालिकाको आग्रहमा उहाँले पहल र समन्वयमात्रै गरिदिनु भएको हो,’ सचिवालय सदस्य जीवन रोकामगरले भने ।

    मगरले सरकारी अनुदानमा पाएको भनेर अनावश्यक भ्रम छर्ने खेल भइरहेको बताए । ‘अस्तिको पहिलो लटमा भने जयपुरी घर्तीले स्वास्थ्य विभागबाट पहल गरेर रोल्पा पठाउनु भएकै हो,’ उनले भने, ‘अहिले विशुद्ध स्थानीय तहले नै किनेका हुन् । अनुदानमा आएको सिलिन्डर बचेको होइन ।’

    सिलिन्डरको मूल्य फरकफरक !
    वनमन्त्री प्रेम आले ‘स्टिकर काण्ड’मा मुछिएपछि खरिद गरिएको सिलिन्डरको बिल सार्वजनिक भएको थियो । उनले बिध् ल्याबबाट ६० थान अक्सिजन सिलिन्डर खरिद गरेको बिल देखाएका थिए ।

    यता, वर्षमान पुन ‘अनन्त’को पहलमा खरिद गरिएको भनिएको अक्सिजन सिलिन्डर पनि सोही ल्याबबाट खरिद गरिएको हो । लुङ्ग्री गाउँपालिकाको नाममा गएको बिलमा १० थान सिलिन्डर खरिद भएको उल्लेख छ ।

    वनमन्त्री प्रेम बहादुर आलेले २३ हजारमा खरिद गरेको बिल र २६ हजारमा रोल्पाको लुङ्ग्री गाउँपालिकाले खरिद गरेको बिल

    एकै ठाउँबाट खरिद गरिएको बिलमा भने सिलिन्डरको मूल्य फरक फरक उल्लेख छ । वनमन्त्री आलेले प्रतिसिलिन्डर २३ हजार रुपैयाँमा खरिद गरेको उल्लेख छ । लुङ्ग्री गाउँपालिकाले खरिद गरेको सिलिन्डरमा भने २६ हजार रुपैयाँ उल्लेख छ ।

    एकै ठाउँबाट खरिद गरिएको सिलिन्डरको मूल्यमा फरक पाएपछि नेकपा(एमाले) रोल्पाकी नेतृ ईश्वरी जिएमले छानबिन गर्न माग गरेकी छन् । उनले भनेकी छन्, ‘व्यक्तिलाई भनूँ भने रिसाइहाल्छन्, त्यो ठग कम्पनीलाई जनताले छानबिन गरुन् ।’

    अनन्तका स्वकीय सचिव सन्तोष पुनको स्ष्टीकरण
    अक्सिजन सिलिन्डरलाई लिएर विवाद बढेपछि र अनन्तको पनि नाम मुछिएपछि यसबारे थप प्रष्ट हुन हामीले उनका स्वकीय सचिव सन्तोष पुनसँग कुराकानी गर्‍यौं । नेपाल प्रेससँग पुनले यसबारे यसरी प्रष्ट्याए-

    अक्सिजनको अभाव भएपछि मान्य ज्युले मलाई भन्नुभयो- प्रत्येक पालिकालाई बुझ्नुहोस्, कसलाई कति आवश्यकता छ, त्यसको बिल भर्र्पाइ चाहिँ उहाँहरू आफैं गर्नुहुन्छ ।

    त्यसपछि मैले प्रत्येक पालिकाहरूलाई फोन गरेर सोधेँ । मैले उहाँहरूलाई सिलिन्डर छ, तर मान्यज्यूले सहजीकरण मात्रै गरिदिने हो, त्यसको भुक्तानी तपाईंहरू आफैं गरिदिनुपर्छ भनेँ। सबैभन्दा पहिले लुङ्ग्री गाउँपालिकामा फोन गरेँ । यो चाहिँ नेपाली कांग्रेसले रोल्पामा जितेको एक मात्र गाउँपालिका हो ।

    मैले ५० केजीको ठूलो सिलिन्डर छ । त्यो काठमाडौंदेखि किनेर, भैरहवा ल्याएर, त्यहाँ रिफिलिङ गरेर जिल्लामा ल्याइपुर्‍याउँदासम्म तपाईंहरूलाई त्यसको मूल्य २७ हजार जति पर्न जान्छ भने । सानो सिलिन्डरको भने ११ हजार मात्रै पर्न जान्छ भनेँ ।

    त्यसपछि सुनछाहारी गाउँपालिकालाई भनेँ । उहाँहरूले पर्दैन, हामीसँग अहिले अलि-अलि स्टक पनि छ, आवश्यक परे खबर गर्छौं भन्नुभयो ।

    रुन्टीगढीलाई फोन उहाँहरूले नि:शुल्क दिनुहुन्छ भने हामी तयार छौं, किन्नुपर्ने हो भने हाम्रो माथिसम्म पहुँच छ, हामी आफै लिन्छौं भन्नुभयो । मैले हुन्छ हजुर, एक पटक मान्यज्युले बुझ्न भन्नुभएको थियो, त्यो हाम्रो दायित्व पनि हो भनेँ ।

    त्रिवेनी गाउँपालिकाले खासै ‘रेस्पोन्स’ गरेन । त्यसपछि मैले थवाङ, गंगादेव, परिवर्तन र माडी गाउँपालिकामा पनि सम्पर्क गरेँ । उहाँहरूले चाहिँ १०-१० पिस चाहियो भन्नुभयो । रोल्पा नगरपालिकाले हामीलाई चाहिएन भन्यो ।

    जिल्ला अस्पतालले १० देखि २० वटा सिलिन्डर माग्यो । यसकै आधारमा काठमाडौंबाट सिलिन्डर मगाइयो । चार/पाँच दिन रिफिङ गर्न समय नै लाग्छ । त्यसपछि रोल्पामा त्यो आइपुग्यो ।

    हिजो साढे १२ बजेतिर भैरहवाबाट अक्सिजन जिल्लामा आइपुग्यो । त्यो लिन सबैभन्दा पहिले लुङ्ग्री गाउँपालिकाबाट आउनुभएको थियो । त्यसको भ्याट बिल उहाँहरुलाई नै जिम्मा लगाएर भुक्तानी हामीलाई पर्दैन, यसको भुक्तानी काठमाडौंमै हो भनेर अनुसार विध् ल्यावको खाता नम्बर र भुक्तानी गनुपर्ने व्यक्तिको नम्बर सिधै उहाँहरूलाई दिएको छु । प्रत्येक पालिकाले आफ्नै तरिकाले सिधै भुक्तानी गर्नुहुन्छ ।

    सिलिन्डर महंगो भयो भन्ने कुरा पनि आएको छ। त्योचाहिँ काठमाडौंदेखि ल्याएको भाडा, भैरहवामा रिफिलिङ गरेको भाडा र भैरहबाट जिल्लासम्म ल्याउँदाको भाडा त्यसमा जोडिएको छ। बन मन्त्री प्रेम ओलेले २३ हजारमा दिएको भन्ने कुरा पनि आयो । उहाँहरूको भाडा छुट्टै होला । अथवा रिफिलिङको त्यसमा नलेख्नु भएको होला । हामीले २७ हजारमा सबै जोडेका छौं । यसमा केही पनि अनियमितता वा व्यापार भएको छैन । मान्य ज्युले आफ्नो दायित्व सम्झेर सहजिकरण मात्रै गरिदिनु भएको हो ।

    बुधबार, जेठ १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.