• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

राष्ट्र बैंकका सबै निर्देशन लत्याउँदै सेयर बजारमा एकपछि अर्को रेकर्ड, एकैदिन १५ अर्बको कारोबार


  •   बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित
  • काठमाडौं। पछिल्लो एक हप्ताको अन्तरालमा सेयर बजारको तीब्र रफ्तारमा ब्रेक लगाउन राष्ट्र बैंकले दुईवटा नीतिगत परिवर्तन गरेको छ । त्यसका बाबजुद सेयर बजारको कारोबारले भने बेलगामजस्तै भएर झन्झन् नयाँ उचाई पछ्याउँदै गएको छ।

    Advertisement

     

    यही क्रममा आज झन्डै १५ अर्ब रुपैयाँको कारोबार भएको छ । बजार सूचक नेप्से झिनो (१.२०) अंकले घटेपनि १४ अर्ब ७७ करोड रुपैयाँ बराबरको भएको धितोपत्र किनबेच नेपाल स्टक एक्सचेन्जको इतिहासको सर्वाधिक रकमको हो।

    गत साता मौद्रिक नीतिको त्रैमासिक समिक्षा गर्दै राष्ट्र बैंकले सेयर धितो कर्जामा औसत मूल्य लिने प्रावधानमा केही कडाइ गरेको थियो ।यसअघि १२० दिनको औसत सेयर मूल्यलाई आधार मानेर सेयर धितो ऋण प्रवाह हुँदै आएकोमा केन्द्रिय बैंकले त्यसलाई १८० दिन पुर्‍याएको छ ।

    छोटो अवधिमै अधिकांश कम्पनीको सेयर मूल्य अत्याधिक बढेकाले यसले बैंकको जोखिम समेत बढाएको विश्लेषण गर्दै केन्द्रिय बैंकले यसलाई निरुत्साहित गर्न सेयरको औसत मूल्य लिने अवधि नै ६० दिनले बढाइदिएको थियो । यसबाट सेयर धितो राखेर कर्जा निकाल्ने र पुनः सेयरमै लगानी गर्ने क्रममा कमी आउने बुझाइ राष्ट्र बैंकको हो । तर मौद्रित नीतिमार्फत अघि सारिएको यो निर्देशनको केही दिनपश्चात नै सेयर बजारमा कारोबार रकमको नयाँ रेकर्ड (करिब १३ अर्ब रुपैयाँको) बन्यो ।

    त्यसपछि पुनः राष्ट्र बैंकले गत मंगलबार कारोबार समयपछि अर्को निर्देशन जारी गर्‍यो, जसले बैंक तथा वित्तीय संस्थालाई छोटो अवधिका लागि दोस्रो बजार मार्फत सेयरमा लगानीको बाटो रोकिदिएको छ । निर्देशन आउनुअघि नै लगानी गरिसकेको सेयरको हकमा २०७९ असार मसान्तसम्ममा बिक्री गरिसक्नुपर्ने अवधि दिँदै राष्ट्र बैंकले सेयरमा  वित्तीय संस्थाको लगानीलाई निरुत्साहित गर्न खोजेको छ ।

    ठूला लगानीकर्तासँगको मिलेमतोमा बैंकहरुले सेयर बजारलाई आफ्नो स्वार्थ अनुरुप डोर्‍याएको अनुमानमा पनि राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको हो । यसले सेयर बजारमा वित्तीय संस्थाबाट हुने ठूलो लगानीमा निरुत्साहित हुने हुँदा सेयर कारोबार रकम घट्ने आम अनुमान छ । तत्काललाई भने यसको असर बजरामा नपरेको बिहिबारको कारोबार रकमले साबित गरेको छ ।

    तर पहिलो निर्देशनपछि सबै रेकर्ड ब्रेक गरेको बजारले दोस्रो निर्देशनपछि झनै ठूलो रेकर्ड बनाएको छ। यो साताको अन्तिम कारोबार दिन बिहीबार कारोबार रकमको नयाँ रेकर्ड बन्दा चार करोड कित्ताभन्दा बढी सेयर किनबेच भएका छन् । जेठ १० गते सर्वाधिक १३ अर्ब रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएकोमा त्यसको दुई कारोबार दिनपछि नै उक्त रेकर्ड ब्रेक भएको हो ।

    अघिल्लो पटक उच्च कारोबारको रेकर्ड (करिब १३ करोडको) बन्दा दुई करोड ५० लाख कित्ता हाराहारी सेयर किनबेच भएका थिए । आज त्योभन्दा करिब डेढ करोड कित्ता धेरै सेयर किनबेच भएको छ।

    राष्ट्र बैंकको नयाँ नीतिका कारण एकोहोरो बिक्री चाप मात्र परेर यति ठूलो संख्यामा सेयर किनबेच भएको होइन । यदि त्यसो हुन्थ्यो भने बजार सूचकमा ठूलो पहिरो जानेथ्यो, जबकि सूचक मात्र १.२० अंकले मात्र घटेको छ । यो भनेको बजारको लय स्थिर रहेकोजस्तै हो।

    मंगलबार बजार बन्द भइसकेपछि मात्र राष्ट्र बैंकको निर्देशन जारी भएको र बुधबार पनि सार्वजनिक बिदा परेकाले सेयर बजारमा उक्त निर्देशनको कस्तो असर पर्छ भन्ने हेर्न बाँकी नै थियो । आम अनुमान भने सेयर बजारमा भारी गिरावट आउने भन्ने नै थियो। सोही अनुरुप नियमित कारोबारको सुरुआती समयमा ५० अंकभन्दा बढीले बजार तल झर्दा नकारात्मक सर्किट नै लाग्छकी भन्ने अनुमान समेत थियो। तर त्यसो भएन। बजार पुनः फर्किँदै मध्यान्हपछि हरियो बन्यो। सोपछि धेरै समय हरियो नै रहेको बजार अन्तिमा भने झिनो अंकले तल ओर्लिएर बन्द भएको हो ।

    यसो भन्छन् लगानीकर्ता र बजार विश्लेषक

    राष्ट्र बैंकको निर्देशनलाई बजारले सहजै पचाएको इन्भेष्टर फोरमका अध्यक्ष छोटेलालल रौनियारको भनाइ छ ।

    लघुवित्त समूहमा निर्देशनको प्रभाव परेर २०० अंक घटेपनि अन्य समूह पनि २०० अंकले नै बढेपछि बजारलाई कुनै फरक नपारेको उनले बताए ।
    लघुवित्त समूहमा आएको दबाव जलविद्युत समूहमा सिफ्ट भएको सक्रिए लगानीकर्ता कुमार थापाको विश्लेषण छ ।

    ‘जलविद्युत कम्पनीको सेयर ३०० रुपैयाँभन्दा कम धेरै रहेको र बैंकको सेयरजस्तो १० रुपैयाँ तलमाथि हुँदा नै आपूर्ति बढ्दैन। त्यसैले पनि लगानीकर्ताले हाइड्रो रोजेका हुन्,’ थापाले भन्छन् ।

    यस्तै, पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल भन्छिन्, ‘राष्ट्र बैंकको निर्देशन मात्रै भएको भए बजार नेगेटिभ सर्किटको बाटोमा गइसकेको थियो। तर जलविद्युत आयोजनाले ऋण तिर्नलाई हकप्रद सेयर जारी गर्न पाउने भन्ने अर्को सुखद समाचार आएपछि बजार घट्न पाएन ।’

    सेयर बजारलाई प्राविधिक कोणबाट हेर्न रुचाउने विष्लेषक बिष्णुप्रसाद बस्याल कारोबार रकम बढ्नु सकारात्मक भएपनि जलविद्युत, विकास बैंक र फाइनान्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएकोले यसले त्यति धेरै शुभसंकेत भने नगरेको बताउँछन्।

    उनी भन्छन्, ‘अर्को हप्ता बैंकमा पनि यसै गरी बृद्धि आयो भने बजार सहजै तीन हजार विन्दु छुन सक्छ र केही समयसम्म स्थिर रहन सक्छ। हैन भने आज जुन समूहको कारोबार बढेको छ यसले बजार धेरै दिन माथि रहने सम्भावना कम छ।’

    जलविद्युतको सेयरमा किन ओइरिए लगानीकर्ता?

    बिहीबार २० भन्दा बढी जलविद्युत आयोजनाको सेयर मूल्य करिब १०/१० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सर्वाधिक मूल्य वृद्धि हुने ३० कम्पनीमध्ये २७ वटा त जलविद्युत कम्पनीहरुकै सेयर रह्यो । यसबाट पनि जलविद्युतको सेयरमा लगानीकर्ता झुम्मिएको प्रष्ट देखिन्छ ।

    जबकि राष्ट्र बैंकको मंगलबारको निर्देशनको असर जलविद्युत कम्पनीको सेयरमा पनि पर्छ भन्ने धेरैको अनुमान थियो । किनकि उक्त निर्देशनले अंकुश लगाएका बैंक तथा वित्तीय संस्थाले दोस्रो बजारमार्फत लगानी गर्न पाउने सेयरमा ट्रेडिङ, लघुवित्त इत्यादिसँगै जलविद्युत पनि हो । त्यसविपरित प्रायः सबै जलविद्युत कम्पनीको सेयर मूल्य उच्च दरले वृद्धि भएको छ ।

    बिहीबार खानीखोला, युनाइटेड मोदी, नेपाल हाइड्रो, कालिका पावर लगायतका कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। अपि पावर, चिलिमे, युनाइटेड मोदी, अरुण काबेली पावर, सानिमा हाइड्रो लागयतका कम्पनीको ३५ देखि ४४ करोड रुपैयाँसम्मको सेयर किनबेच भएको छ। जलविद्युत कम्पनीको सेयर मूल्य वृद्धि हुनुमा लगानीकर्ताको समूह परिवर्तन मात्रै भएको जलविद्युत उद्यमीहरु बताउँछन् ।

    ऊर्जा उद्यमी सूर्यप्रसाद अधिकारी भन्छन्, ‘अहिले जलविद्युत आयोजनालाई लाभ पुग्नेगरी बजेटमा पनि केही नयाँ व्यवस्था भएजस्तो लाग्दैन। तर नाफाका दृष्टिले गत वर्षको भन्दा अवस्था धेरै फरक छैन। त्यसैले अरु नै कारणले जलविद्युतको सेयर सर्वाधिक कारोबार भएको देखिन्छ ।’

    अर्कोतर्फ, धेरैजसो लघुवित्त कम्पनीहरुको सेयर मूल्य भने आज ओरालो लाग्यो। जसमा समता घरेलु, मेरो, एनएमबी, एनआइसी एशिया, नेरुडे लगायतका लघुवित्त क्रमशः सबैभन्दा धेरैले सेयर मूल्य घट्ने कम्पनी रहे ।

    कुल २१५ कम्पनीको सेयर कारोबार भएकोमा म्युचुअल फन्ड र ऋणपत्रबाहेक १८२ कम्पनीको सेयर किनबेच भएको छ । यीमध्ये ८५ कम्पनीको सेयर मूल्य घट्यो भने ९० वटा कम्पनीको सेयरका लगानीकर्ताले आज कमाए । यसक्रममा सातवटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

    यसक्रममा अपि पावरको सर्वाधिक रकम (४३.२८ करोड रुपैयाँ) को कारोबार भयो । सुोपछि धेरै रकमको सेयर किनबेच हुनेमा क्रमशः अरुण काबेली, चिलिमे, युनाइटेड मोदी लगायतका जलविद्युत कम्पनीहरु नै रहे ।

    बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.