काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणलाई ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि हुने आक्रमण सरह मानिने र दण्डनीय हुने बताएका छन् ।
शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणलाई सुरक्षाकर्मीमाथि भएको आक्रमण सरह मानिने र दण्डनीय गरिने बताएका हुन् ।
कोरोनाभाइरसबाट संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि आक्रमण भइरहेका बेला प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीको सबैको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताए। नेपालगञ्जको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो ।
प्रधानमन्त्री ओलीले कोरोनाभाइरसबाट संक्रमित भएकालाई शीघ्र स्वास्थ्य लाभको कामना, संक्रमणमुक्त भएकालाई बधाई र दिवंगतका परिवारप्रति समवेदन व्यक्त गरेका छन् ।
