काठमाडौं – सरकारले शनिवार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछ । शनिवार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
संवैधानिक व्यवस्था अनुसार हरेक बर्षको जेठ १५ गते बजेट सार्वजनिक गरिन्छ । सोही अनुसार अर्थमन्त्री पौडेलले शनिवार दिउँसो विपक्षी दलका नेता, सबै मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सदस्यहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा बजेट सार्वजनिक गर्नेछन् ।
आज सार्वजनिक हुने बजेट कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहने बताइएको छ ।
