काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।
शनिवार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरवारमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटबारे जानकारी गराएका छन् । यो बजेट चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी हो ।
