काठमाडौं । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भारतको भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेले सामाजीक संजाल मार्फत काउन्टर दिएका छन् ।
आफ्नो असफलताको दोष सधैं भारतलाई दिने काम बन्द गर्न भन्दै आफ्नो औकातमा रहेर भारतको टिप्पणी गर्न समेत जनाएका छन् । डा. भट्टराईले केहि समय अघि लेखेको लेख पढेपछि नेता चौथाइवालेले काउन्टर दिएका हुन् ।
डा. भट्टराईले नेपालको हरेक गतिविधिमा भारतलाई दोष दिने मानसिकता हटाउन नेताले सुझाव समेत दिएका छन् ।
नेता चौथाइवालेको अनुसार डा. भट्टराईले कुनै पनि घरेलु राजनीतिमा टिप्पणी गर्न छुट भएको तर हरेक टिप्पणीमा भारतको हात भन्नु उचित नरहेको जनाएका छन् ।

