• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

नर्स र डाक्टर माथी आक्रमण गर्नु राक्षसी प्रवृत्ती


  •   आइतबार, जेठ १६, २०७८ मा प्रकाशित
  • स्वास्थ्य क्षेत्र स्वाभाविक रुपमा एउटा संवेदनशील क्षेत्र हो । जहाँ मानिसको जीवन र मृत्यु जोडिएको हुन्छ । यस क्षेत्रमा प्रमुख भूमिकाको रुपमा डाक्टर र नर्सहरु नै हुने गर्दछन ।

    Advertisement

    त्यसैले समाजमा उनीहरु प्रति उच्च सम्मान र विश्वास पनि गर्ने परम्परा परापूर्व कालका ऋषि चरक, धनवन्तरी योगी वैद्यहरु हुदै आजको आधुनिक चिकित्साका नर्स र डाक्टरहरु चिकित्सा कलेका विभिन्न दायित्वमा कार्य गर्नेहरुप्रति उच्च सम्मान रहेको पाइन्छ र हुनु आवश्यक पनि छ ।

    एउटा चिकित्सक र नर्सले अस्पतालमा आएका कुनैपनि विरामी ठिक भएर जाओस भन्ने नै उनिहरुको एक मात्र उद्धेश्य हुनुपर्दछ र हुन्छ नै । यहि नै उनिहरुको धर्म हो । त्यसैले विश्वमा अस्पताल भएका अधिकांश विमारीहरु चिकित्सक र नर्सहरुको निरन्तरको प्रयासपूर्वको सेवाबाट निको भएर घर फर्किएको नै डाटाहरुले बताउँछ ।

    डाक्टर र नर्सहरु भगवान र कुनै सञ्जिवनी शक्ति पाएका श्रीविष्णु र ऋषि शुक्राचार्यपनि होइनन् उनिहरु मनुष्य हुन र उनिहरुले आफ्नो ज्ञान अनुभव, क्षमता, उपलब्ध औषधी र अनुभवको आधारमा विमारीलाइ निको पार्न प्रयास गर्दछन त्यसलाई सवैले स्वीकार र सम्मान गर्नुपर्दछ । वर्तमान समयमा चिकित्साक्षेत्र सेवा हुनुपर्ने, निःशुल्क हुनु पर्नेमा उच्च व्यवसायिकरण तिर जानु सबैका लागि चिन्ताको विषय बनेको पक्का हो तर राष्ट्रले बनाएको नियम कानुन र वातावरण अनुरुप नै ती सबै कार्य भइरहेका छन । त्यसलार्ई सबै नेपालीले चाहेको जस्तो गुणस्तरीय र निःशुल्क बनाउन राष्ट्रले नीति बनाउन र चिन्तन गर्नु आवश्यक छ ।

    नेपालमा विगत लामो समयदेखि अस्पतालमा भर्ना भएका विमारीको उपचारको क्रममा देहान्त भएपछि अस्पतालमा तोडफोड गर्ने डाक्टर नर्स र अस्पताल कर्मचारी माथि शारीरिक हमला गर्ने प्रकृतिहरु ब्ढिरहेका छन् । भेरी अस्पतालका डाक्टर नर्स माथीको घटना अहिले एउटा जल्दो–बल्दो प्रतिनिधी घटना बनेर अगाडी आएको छ । आखिर किन हुन्छ यस्तो ? किन यसरी हिंसाको मार्ग बलियो हुँदै गएको छ ? यसपछिको मनोवैज्ञानिक अध्ययन गर्ने हो भने हामिले धेरै पछाडि जानुपर्दछ, नेपालमा विगत लामो समयदेखि र्हिसमात्मक राजनितिक विचारधाराले मनुष्यहरुमा असुरी प्रवृतिको विकास गराएको छ ।

     

    विद्यालयको शिक्षकलाई समाजकै अगाडि एउटा रुखमा झुन्डाएरर मार्नु, मृत्यु पश्चात् गरिने किरिया वसेका व्यक्तिहरुलाई हमला गर्नु, रातदिन मेहनत गर्ने उद्योग व्यवसायीका उद्योगमा आगो लागाउनु र उद्यमीहरुलाई हत्या गर्नु, चन्दा आतंक मच्चाएर व्यवसाय गर्न निरुत्साहित गर्नु, सामाजिक कार्यमा सक्रिय लोकतन्त्रका लागि दिलोज्यान दिएर लागेका नेतृत्वमाथि हमला गर्नु, हत्या गर्नु, विश्वविद्यालयहरुमा कलमको बललाई कमजोर बनाएर हिंसात्मक क्रियाकलापको आधारमा राजनीतिक शक्तिको प्रभावमा अयोग्य व्यक्तिलाई भर्नागरेर विश्वविद्यालयलाई शिक्षाको केन्द्रबाट खराब राजनीति गर्ने केन्द्र बनाउनु आदि विगतका घटनक्रमहरुले नेपाली समाजमा हिंसा, बल प्रयोग र असुर प्रवृत्तिलाई नै बढावा दिइरहेको देखिन्छ । आज समाजमा त्यसको फलस्वरुप अनेकौ प्रकारका घटनाहरु हामिले यत्रतत्र अनुभव गरिरहेका छौँ । जुन समाजले सत्यलाई सत्य र असत्यलाई असत्य भन्न सक्दैन ।

    गलतलाई गलत र सहिलाई सहि भन्न सक्दैन । शिक्षक, न्यायाधिस, कर्मचारी र सुरक्षा निकाय स्वार्थमा बिक्दछन् । गलतलाई गलत नभनेर आफुले बोकेको विचारको झोलाको आधारमा न्याय, सुशासन, सभ्यता, संस्कारलाई गलत प्रयोजनले मुल्यांकन गरिन्छ भनें समाजका राम्रा पक्षहरु समाप्त भएर समाज विस्तारै असुर लोकमा परिणत हुन्छ ।

    त्यसैले सबैले गम्भीर भएर आ–आफ्नो गल्तीहरुलाई आत्म चिन्तन नगरेसम्म यस्ता घटनाहरु घटदै जाने र सामाजिक सञ्जाल, पत्रिकामा समाचार बन्नेमा सिमित हुदै जानेछ । पञ्चायतदेखि गणतन्त्रसम्म आइपुग्दा तिमिले के सिक्यौ ? आज सबै नेपालीहरुका लागि सगरमाथाको चुचुरोबाट समयले हामिसँग प्रश्न गरिरहेको छ ।

    ए नेपाली हो अब कुन तन्त्र ल्याएर अस्पतालका डाक्टर र नर्स, विद्यालयको शिक्षक, न्यायालयका न्यायाधिस, किरिया बसेका किरियापुत्रि, अनि स्वदेश छोडेर खाडि र विश्वका अनेकौँ देशमा अस्तित्व आत्मसम्मान गुमाएका युवाशक्तिलाई रक्षा गर्छौ ? अहिले समयले हामी सबैलाई यही प्रश्न गरिरहेको छ ।

    आइतबार, जेठ १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.