• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मुलुक अस्थिर राजनीतिकको चपेटामा


  •   सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
  • जनताले दिएको मतको अनादार गर्दै नेताहरुले मुलुकलाई अस्थिरतामा धकेलेका छन् । विश्व इतिहासमै कम्युनिष्ट सरकारले बहुमत ल्याएर सरकार बनाएको साविक नेकपाले जनताको मतलाई सम्हाल्न सकेन ।

    Advertisement

    जनतालाई आशा र उत्साह दिँदै मत प्राप्त गरेका साविक नेकपा अर्थात अहिलेका एमाले र माओवादी केन्द्रले त्यो मतलाई सम्मान गर्दै जन र राष्ट्रहितमा प्रयोग गर्न सकेनन् ।

    एसियाकै तेस्रो र दक्षिण एसियाको पहिलो शक्तिशाली कम्युनिष्ट पार्टी नेकपाले दुई तिहाइ नजिक बहुमत ल्याएर पनि दुई वर्षमै मुलुकलाई अस्थिरतामा धकेलिदियो ।

    संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनका क्रममा भएका संघीयदेखि स्थानीय तहसम्मको निर्वाचनमा वर्चश्व जमाएको एमालेले केन्द्रीय सरकारदेखि स्थानीय सरकार चलाएको छ ।

    सात प्रदेशमध्ये चार एमाले, दुुई माओवादी र एक जसपाले सरकार चलाइरहेको छ । तर, एमालेको वर्चश्व भए पनि नेतृत्वको नेतृत्वदायी भूमिका हुन नसक्दा मुलुकमा राजनीतिक संक्रमणकाल सुरु भएको छ ।

    शक्तिशाली ओली उर्फ कमजोर ओली 

    २०७४ सालको दशैं लगत्तै जनतालाई उत्साह र खुसी सञ्चार गराउँदै एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुुष्पकल दाहाल प्रचण्डले पार्टी एकता गरेर राजनीतिक स्थिरता कायम गर्दै मुलुकको विकास र समृद्धि गर्ने प्रतिबद्धता जनाए । सोहीअनुसार आसन्न प्रतिनिधिसभासहितको निर्वाचनमा संयुक्त चुनावी घोषणा पत्र बोकेर जनतामाझ पुगे । उनीहरुको एकताले विश्वभर चर्चा बटुल्यो । दुई तिहाइ नजिक बहुमत प्राप्त चुनावी परिणामले साविक नेकपाको विश्वभर चर्चा भयो– कम्युनिष्ट पार्टीले चुनावबाट बहुमत ल्याएको भन्दै । यसको प्रमुख नेतृत्व ओलीले गरेका थिए ।

    चुनावी परिणाम र सरकारको पहिलो दुई वर्ष शक्तिशाली देखिएका ओली अहिले कमजोर अवस्थामा पुगेका छन् । ओली कमजोर हुनु, कम्युनिष्ट पार्टीलाई दिएको मतको अनादार हुनुसरह भयो । ओलीले पार्टी एकता बचाउन सकेनन्, न त सरकारलाई दिएको मत नै ।

    पार्टीको आन्तरिक किचलो बढ्दै जाँदा जनताले राजनीतिक स्थिरता र मुलुकको विकास र समृद्धिका लागि दिएको मतको घाँटी निमोठ्ने काम प्रधानमन्त्री ओलीबाट बारम्बार भयो । गत पुस ५ र जेठ ८ गते ओलीले प्रतिनिधि सभा विघटन गरेर जनमतको अपमान गरे ।

    पार्टीभित्रको आन्तरिक समस्या समाधान गर्न नसकेर असफलजस्तै नेतृत्वको परिचय दिएका ओलीले यसको आक्रोश जनताको सर्वाेच्च संस्था प्रतिनिधिसभामाथि विघटनको खड्ग प्रहार गरे ।

    नेता हार्दा देशले जित्छ भने नेताहरु पराजित हुन राजी हुनुपर्छ । तर, यहाँ देश र जनतालाई हराएर नेताहरु जित्नुपर्ने राजनीति गरिरहेका छन् । राजनीतिक नैतिकता नेताहरुमा हराएको छ । दलीय आचारण शून्य प्राय छ । सत्ताका लागि आफ्नै पार्टीभित्र आगो लगाएका कम्युनिष्ट नेताहरु गुटबन्दी र अराजनीतिक चरित्र देखाएर जनताको मतमाथि सत्ताको ताण्डव नृत्य देखाइरहेका छन् । यसको नेतृत्व ओलीले गरेका छन् ।

    ओली व्यक्ति मात्रै होइनन्, पार्टी र सरकारको नेतृत्व सम्हालेका नेता पनि हुन् । सबैलाई मिलाउने उनको नैतिक जिम्मेवारी हो । यदी मिलाउन नसक्ने हो भने नेतृत्वदायी भूमिका रहनु उचित होइन ।

    डेढ वर्षदेखिको सत्तारुढ दलभित्रको लडाइँले मुलुकमा राजनीतिक अस्थिरतामात्रै निम्तिएको छैन, संघर्षबाट प्राप्त राजनीति उपलब्धीमाथि नै चुनौती थपिएको छ । ओली नेतृत्वको कम्युुनिष्ट पार्टीलाई जनताले दिएको भारी बहुमतको अल्पायूमै घाँटी निमोठिएको छ ।

    साविक नेकता तथा एमाले र माओवादीभित्रको आन्तरिक प्रतिशोधको भावनाले छँदाखाँदाको प्रतिनिधिसभा विघटन गरेर अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अध्यादेशको भरमा मुलुक चलाउने प्रयत्न गरेका छन् । नेपालले संसदीय व्यवस्था अंगिकार गरेको छ । संसदीय व्यवस्थामा अध्यादेशले मुुलुक चलाउन खोज्नु दू्र्भाग्य मानिन्छ ।

    तर, जनताले दुई तिहाइ नजिक दिएको बहुमतको रक्षा गर्न नसकेका कम्युनिष्ट पार्टीको सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओलीले भटाभट अध्यादेश जारी गरिरहेका छन् । संसदमा सांसदहरुको सामना गर्न डराएर प्रतिनिधि सभा विघटन गरेर अध्यादेश जारी गर्दै मुलुक चलाउने प्रधानमन्त्री ओलीले दुुस्साहस गरेको प्रतिपक्षी दलहरुले आरोप लगाइरहेका छन् ।

    ओलीको नेतृत्वलाई जनताले मन पराए, भारी बहुमत पनि दिए । आखिर जनताले फेरि राजनीतिक अस्थिरताकै उपहार पाए । कोरोनाभाइरस संक्रमण र रोकथाम तथा नियन्त्रणका लागि चालिएका कदमको फाइदा उठाउँदै व्यवसायीहरुले बढाएको चरम महङ्गी नियन्त्रणमा सरकारको ध्यान जान सकेको छैन ।

    तर, ओलीसहित बहुमत प्राप्त कम्युनिष्ट पार्टीहरु विपक्षीहरुलाई काँधमा हालेर सत्ताको ताण्डव नृत्य गरिरहेका छन् । विश्वमै चर्चा कमाएको ओली नेतृत्वको कम्युनिष्ट सरकार अहिले निरिह देखिएको छ । अर्थात कम्युनिष्ट सरकारको नाक काट्ने पहिलो व्यक्तिको रुपमा नेतृत्वको हिसावले ओली देखिएका छन् भने त्यसपछि प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालहरु क्रमशः थपिँदै गएका छन् ।

    सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.