काठमाडौं । सरकारले गणतन्त्र दिवसका अवसरमा माफी मिनाहा पाएका ४ सय ३० जनामा नाम सार्वजनिक गरेको छ । गणतन्त्र दिवसकै दिन जेठ १५ गते देखि लागू हुने गरी माफी मिनाहा पाएका ४ सय ३० जनाको नाम कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको हो ।
मन्त्रिपरिषदको जेठ १३ गतेको निर्णय अनुसार उनीहरुको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

