• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

प्रतिशोधपूर्ण राजनीति गर्नेमा अग्रभागमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड


  •   सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपालको राजनीति अहिले प्रतिशोधपूर्ण अवस्थामा छ । शक्तिशाली दलहरु चिरा परेका छन् । मुलुक संकटमा परेका बेला दलहरु प्रतिशोधपूर्ण राजनीतिक गरिरहेका छन् ।

    Advertisement

    प्रतिशोधपूर्ण राजनीति गर्नेमा अग्रभागमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड देखिएका छन् । र बाँकी रहेका दलहरु उनीहरुको सारथी बनेका छन् । जनताले बहुमतको सरकार दिए पनि नेताहरुले मुलुकलाई अस्थिरतामा लगेर आ–आफ्नै डम्फू बजाइरहेका छन्, सत्ताको म्युजिकल चयर खेलिरहेका छन् ।

    साढे तीन वर्ष अघि शक्तिशाली कम्युनिष्ट पार्टीको बोइङ जहाज उडाएका दुई क्याप्टेन ओली र प्रचण्डले अहिले आफ्नो विमान दुर्घटनामा पारेका छन्, घाइते र मुर्छित अवस्थामा रहेका यात्रुहरुले आफ्नो नेता र पार्टी चिन्न नसकेर प्यानल परिवर्तन गरेका छन् ।

    नेकपा नामक बोइङ उडाएका ओली र प्रचण्डको टकरावले सो जहाज दुर्घटनामात्रै परेन, मुलुक नै अस्थिरत राजनीतिकको भड्खालोमा परेको छ । र फेरि एकपल्ट नेताहरुले आफ्नो राजनीतिक चरित्र जनतामाझ प्रष्ट्याएका छन् ।

    कसको के दाउ ?

    ओली र प्रचण्डले एकअर्कालाई राम्रैसँग चिन्दथे । उनीहरुको राजनीतिक चरित्र र व्यवहारबारे दुवै जानकार नै थिए । तर, २०७४ सालको निर्वाचनमा एक्कासि एमाले र माओवादीबीच एकीकरण गर्न उनीहरु किन राजी भए ? सायद एउटै घरमा रहेर एकअर्काको राजनीति सिध्याउने र आफू कम्युनिष्ट पार्टी र सरकारको शक्तिशाली व्यक्ति बन्ने दाउ थियो कि ?

    तत्कालीन ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर कांग्रेस सभापति शेरबहादुर देउवाको काँधमा चढेर दोस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले २०७४ सालमा स्थानीय तहको निर्वाचन गराए । ओलीको राष्ट्रवादको अगाडि कांग्रेस र माओवादीले घुँडा टेके । अर्थात स्थानीय तहमा एमालेले नै बर्चश्व जमायो ।

    यसपछि आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा माओवादी केन्द्रको लज्जास्पद हार हुने प्रचण्डले बुुझे । स्थानीय तहको निर्वाचनमा सत्तासाझेदार कांग्रेसका कार्यकर्ताले माओवादीलाई मत नदिएको प्रचण्डले थाहा पाए ।

    कांग्रेसका कार्यकर्ताले कम्युनिष्टलाई भोट नदिने बुुझेका प्रचण्डले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा कसरी माओवादीको इज्जत जोगाउने भन्न चिन्ता लिइरहेका थिए ।

    दुई दलबीचको सहमतिअनुसार स्थानीय तहको निर्वाचन सम्पन्नपछि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गराउन प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरे । देउवाले गराउने निर्वाचनमा माओवादी केन्द्रले मत पाउनेमा प्रचण्ड सशंकित बने ।

    यस अवस्थामा माओवादीको शान जोगाउन प्रचण्ड चाहन्थे । उता निर्वाचनबाट बहुमत ल्याएर बनाउने सरकारको प्रधानमन्त्री बन्ने सपना एमाले अध्यक्ष ओलीले देखेका थिए । तर, कसरी ? यहीँनिर ओली र प्रचण्डले पार्टी एकता गर्ने र शक्तिशाली कम्युनिष्ट सरकार बनाउने निर्णयमा पुुगे । र सरकारको आलोपालो नेतृत्व लिने सहमति पनि गरे।

    यस धरातलबाट एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा गठन भयो । निर्वाचनबाट दुई तिहाइ नजिक बहुमत ल्याएर नेकपाले ओली नेतृत्वको सरकार बनायो । तर, अल्पायुमै नेकपा सरकार अल्पमतमा पर्‍यो । नेकपा खारेज भयो र ओली र प्रचण्ड आ–आफ्नो बाटो लागे ।

    कसले लियो बदला ?

    कुनै बेला एमाले अध्यक्ष ओलीले माओवादी भन्ने पार्टी नै सकिने र कार्यकर्ता शीला खोजेको जसरी खोज्नुपर्ने अवस्था आउने बताउँथे । यसले प्रचण्डलाई पनि मन दुखेको हुनुपर्छ । सत्ता आरोहणको लालसमा पार्टी एकीकरण गरेका ओली र प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्ने भद्र सहमतिले विवाद निम्त्यायो । सरकार बनाएको दुई वर्ष र पार्टी एकीकरण गरेको डेढ वर्षमै नेकपाभित्र भाँडभैलो भयो । कसको शक्ति कति ? कसले कसलाई देखाइने ? जस्ता प्रतिशोधपूर्ण राजनीतिले नेकपालाई खारेज मात्रै गरेन, जनताले कम्युनिष्ट पार्टीलाई दिएको भारी बहुमतको अपमान पनि भयो ।

    जनताको मतको मान र अपमान आफ्नै ठाउँमा रह्यो । ओली र प्रचण्ड एक अर्काविरुद्ध  रणनीतिक रुपमा चल्न थाले । आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिबाट पछि हटेका ओलीलाई पार्टी र सत्ताबाट हटाउन प्रचण्डले एमालेकै नेताहरुलाई उकासे र प्रयोग गरे । आफू र आफ्नो सरकारविरुद्ध लागेका प्रचण्ड, आफ्नै नेता माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरुको राजनीतिक भविष्य नै सखाप बनाउने गरी ओलीले अध्यक्ष र प्रधानमन्त्री पदको भरपूर शक्ति प्रयोग गरे ।

    गत फागुन २३ गतेको सर्वाेच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्यूँतायो । यसपछि ओली एमालेका अध्यक्ष भए भने प्रचण्ड माओवादी केन्द्रका । साविक नेकपामा प्रचण्ड समूहमा रहेका एमालेका नेताहरु माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसालसहितका नेताहरु प्रचण्डको साथमै रहे । तर, न उनीहरुले एमालेका नेताको हैसियत प्राप्त गरे, न त माओवादी केन्द्रमै जान सके ।

    उता साविक नेकपामा ओली समूहलाई साथ दिएका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरीसहितका माओवादीका नेताहरुले ओलीलाई छाडेनन् । उनीहरुले एमालेमै राम्रो स्थान पाए । तर, ओलीको कारबाहीमा परेर पार्टीको साधारण सदस्यसमेत गुमाएमा नेपाल–खनाल समूहका नेताहरु ‘वल्लो घाट न पल्लो तिर’को अवस्थामा छन् ।

    २०७४ सालमा माओवादीको शान जोगाउन पार्टी एकता गरेका प्रचण्डले अहिले एमालेलाई छिन्नभिन्न बनाइदिए । एमालेको ठूलो समूह ओलीविरुद्ध छ । ओली सरकारको विकल्पमा नेपाल–खनाल समूहले कांग्रेस–माओवादी गठबन्धनलाई सघाइरहेको छ । लामो समय एमालेको नेतृत्व गरेका नेता नेपाल अहिले एमालेविरुद्ध नै कदम चाल्नुपर्ने अवस्थामा प्रचण्डले ल्याइपुर्‍याइदिएका छन् । आशा लाग्दा युवा नेतालाई प्रचण्डले एमालेबाट अलग्याइदिएका छन् ।

    उनीहरु कहिले एमालेको मूल प्रवाहमा देखिन्छन् भने कहिले  नेपाल समूहको गुटमा पुगिसक्छन् । पार्टीको आन्तरिक विवाद समाधान गर्ने थलो भनेको आफ्नै पार्टीको बैठक हो । तर, नेपाल–खनाल समूहले लामो समय पार्टीको बैठक बहिस्कार गरेको थियो । बैठकमा सहभागी हुने नहुनेबारेमा नेपाल समूहले प्रचण्डसँग सल्लाह गरेको खबरले मुलुक दलीय अनुशासनहिनतामा रहेको देखिएको आरोप लाग्यो ।

    सत्ता र शक्तिका लागि पार्टी एकीकरण गरेका ओली र प्रचण्डले जनताको मतको अपमान मात्रै गरेनन्, ठूलो दुःख र संघर्षले आर्जेको आ–आफ्नो पार्टीलाई चकनाचुर बनाए, कम्युनिष्ट पार्टीको बद्नाम गरे । उनीहरुले एकअर्कासँग कस्तो बदला लिए, उनीहरु नै जानून । तर, आफ्नो पार्टी र देश र जनतालाई हराएर सत्ता र शक्तिका लागि भने अहिले पनि उनीहरु ताण्डव नृत्य देखाइरहेका छन् ।

    सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.