• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

तामाकोशी जलविद्युतको पहिलो युनिटको थालियो परीक्षण


  •   मङ्गलबार, जेठ १८, २०७८ मा प्रकाशित
  • काठमाडौं। दोस्रो अडिट टनेलमा देखिएको समस्याबीच माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पहिलो युनिट (७६ मेगावाट) को परीक्षण सुरु गरिएको छ।

    Advertisement

    सोमबार गरिएको पहिलो युनिटको परीक्षणको एउटा स्टेप सफल भएको आयोजनाले जनाएको छ। ‘धेरै खालको प्राविधिक परीक्षणहरु हुनुपर्छ। स्टेप बाइ स्टेप गर्दै जानुपर्छ। केही सफल भएको छ। हामी निरन्तर परीक्षणमा छौं, दुई/तीन दिनमा एउटा युनिटको परीक्षण सकिन्छ,’ आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले भने, ‘त्यसपछि थप युनिट परीक्षण अघि बढाउछौं।’

    अघिल्लो साता दोस्रो प्राविधिक समस्या आएपछि परीक्षण रोकिएको थियो। पहिलो अडिट टनेल भैंसे (३ किमि)मा छ। दोस्रो अडिट टनेल ५ किमिमा पर्छ। सोही अडिट टनेलको गेटबाट पानी चुहिएपछि परीक्षण रोकिएको थियो। ‘अडिटबाट लिकेज भएपछि पानी पठाउन रोक्यौ तर ४ किलोमिटर भरिइसकेको थियो। त्यो पानी खाली गरेर के भएको हो हेर्नुपर्ने अवस्था थियो,’ आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानले भने, ‘त्यही पानी खाली गर्दा हामीले टर्बाइन घुमाएर हेर्‍यौं।’

    आयोजनाका अनुसार केही दिनमा एउटा युनिट उत्पादनका लागि तयार अवस्थामा हुनेछ। ‘खाली गर, हेर, मर्मत गर अनि फेरि पानी हाल्नुभन्दा हामीले भएको पानीबाट बिजुली उत्पादन बाहेकको मेकानिकल परीक्षण गरेका हौं,’ न्यौपानेले भने, ‘भएको पानीबाट थप परीक्षण हुन्छ। सुरुङ खाली भएपछि अडिटको गेट मर्मत हुन्छ।’ आयोजनाका अनुसार पहिलो युनिटबाट सुरुङमा पानी आउने बित्तिकै उत्पादन गर्न सकिने गरी तयार अवस्थामा राखिनेछ।

    आयोजनामा यस अघि पेनस्टकको म्यानहोलको बिर्कोबाट पानी चुहिएपछि परीक्षण रोकिएको थियो। बिर्को मर्मत गरेर पानी हालेपछि पुन: अडिट टनेलबाट पानी चुहियो। सुरुङमार्ग तयार भए पनि पानी नहालिएको हुनाले केही प्राविधिक समस्या आउनु सामान्य भएको न्यौपानेको भनाइ छ। ‘कुनै समस्या आए रोकेर पुन: मर्मत गर्दै अघि बढ्नुपर्छ,’ उनले भने। अडिट टनेलमा आएको समस्या पत्ता लगाएर मर्मतको काम नै सुरु नभएकाले आयोजनाले कहिलेबाट उत्पादन गर्छ भन्ने एकिन भने भएको छैन। आयोजनाका कार्यकारी निर्देशक श्रेष्ठले आगामी ३ साता जतिमा  उत्पादन सुरु गर्न सकिने दाबी गरे।

    १५ दिनमा परीक्षण सक्ने भन्दै वैशाख १६ गते आयोजनाको सुरुङमार्गमा पानी हाल्न सुरु गरिएको थियो। तर विभिन्न खालका प्राविधिक समस्याहरु आएका कारण उत्पादन मिति धकेलिदै आएको छ। आयोजनाको तालिका अनुसार चैतभित्रै पहिलो युनिटबाट ७६ मेगावाट विद्युत उत्पादन हुनुपर्थ्यो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पनि चैत मसान्तसम्म जसरी पनि एउटा युनिटबाट उत्पादन थाल्ने दाबी गर्दै आएका थिए। आयोजनाकै घोषणा अनुसार अहिलेसम्म त कम्तिमा दुई युनिटबाट १५२ मेगावाट विद्युत उत्पादन भइसकेको हुनुपर्थ्यो।

    यो जलविद्युतको सुरुङमार्गको लम्बाइ करिब साढे आठ किलोमिटर छ। नेपालमा अहिलेसम्मकै सर्वाधिक क्षमताको आयोजना भएकाले परीक्षणमा समय लागेको आयोजनाका अधिकारीहरुको भनाइ छ। सुरुङमार्ग भर्नै एक साताभन्दा बढी समय लाग्छ। पुरै सुरुङमार्गमा पानी भरिएपछि एक साता दुईतिरबाट बन्द गरेर राखिन्छ। लिकेज वा सुरुङमार्गमा कुनै समस्या छ कि भनेर हेरिन्छ। कुनै समस्या नआए सुरुङको पानी टर्बाइनमा खसालेर परीक्षण उत्पादन सुरु हुनेछ।

    आयोजनाको जलाशय, बाँध, डिसेन्डर लगायतका सिभिल संरचना र त्यहाँ जडान गरिएका हाइड्रोमेकानिकल उपकरणको सफल परीक्षण भइसकेको छ।

    तामाकोशी स्वदेशी लगानीमा निर्माण भएको देशकै सबैभन्दा ठूलो जलविद्युत आयोजना हो। ४५६ मेगावाटको आयोजनामा ७६/७६ मेगावाटका ६ वटा टर्बाइन छन्। २०६८ मा निर्माण शुरु भएर २०७२ मा सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना निर्धारित समयभन्दा ६ वर्ष ढिलोगरी निर्माण सम्पन्न हुँदै छ।

    आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ। चालु वर्ष तीनवटा युनिटबाट २२८ मेगावाट र  आगामी वर्ष थप तीन युनिटबाट २२८ गरि कुल ४५६ मेगावाट उत्पादन गर्ने लक्ष्य छ।

    मङ्गलबार, जेठ १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    Vijay Subedi
    राजनीतिमा विरलै भेटिने म्यानेजर : विजय सुवेदी
    समानुपातिकतर्फ ९० लाख मत गणना, कुन दलले कति पाए ?
    प्रलोपा र क्रान्तिकारी अभियानबीच एकता
    एक भए राप्रपा र राप्रपा नेपाल
    भैरहवाको मौसम खराब भएपछि विमानस्थलमै रोकिए रवि लामिछाने
    जापानमा बढ्दो मुद्रास्फीतिको बीचमा बढ्यो ब्याजदर

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.