• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

नेकपा एमालेको स्थायी कमिटी बैठक अचानक स्थगित


  •   बुधबार, जेठ १९, २०७८ मा प्रकाशित
  • काठमाडौं । आज बस्न लागेको नेकपा एमालेको स्थायी कमिटी बैठक अचानक स्थगित भएको छ । पार्टी एकताको प्रयास भइरहेको र निष्कर्षमा पुग्न अझै बाँकी रहेको कारण देखाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा अचानक स्थायी कमिटी बैठक स्थगित भयो ।

    Advertisement

    माधव नेपाल पक्षका दोस्रो तहका चार नेतासँग गत सोमबार भएको वार्तालाई निष्कर्षमा लैजान ओली पक्षका नेताहरु लागिरहेका छन् । मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षका केही नेताबाहेक अन्यलाई सम्मानजनक रुपमा पार्टी एकतामा सामेल गराउन ब्रिफिङ गरेका थिए ।

    ओलीकै निर्देशनमा माधव नेपाल पक्षका चार नेतालाई एकै ठाउँमा राखेर ओली पक्षका नेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेललगायतले चार घन्टा छलफल गरे । सो छलफलमा एमालेले कारबाही गरेको माधव नेपाल, झलनाथ खनाल, भीमरावललगायत ११ जना नेतामध्ये कोही पनि सहभागी थिएनन् ।

    नेपाल, खनाल, रावललगाायतका ११ जना कारबाहीमा परेका नेताहरुलाई एमालेमा फर्काउन कोशिस नगर्न ओलीले आफू पक्षीय नेताहरुलाई भनिरहेका स्रोतको भनाइ छ । कारबाहीमा परेका नेताहरु भने एमालेमा नफर्किने निष्कर्ष एमाले पार्टीले बनाएको छ ।

    माधव पक्षका दोस्रो तहका प्रभावशाली नेताहरुलाई ओली तान्ने कसरतमा जुटेका छन् । त्यसैको फलस्वरुप गत सोमबार होटल याक एण्ड यतीमा माधव पक्षका दोस्रो तहका चार नेतासँग ओली पक्षले चार घन्टा छलफल गरेको थियो । अध्यक्ष केपी शर्मा ओली माधव पक्षका प्रभावशाली नेताहरुलाई आफूतिर तान्ने र कारबाहीमा परिसकेका नेतालाई सधैँको लागि छोड्ने मनस्थितिमा पुगेका बालुवाटार स्रोतको भनाइ छ । ओलीले केही अन्तरर्वार्तामा ‘काँडो सधैँको लागि झिक्नुपर्ने आसय प्रकट गरेका छन् ।’

    नेपाल पक्षले राख्दै आएको माग पुरा गर्ने तर केही काँडोलाई सधैँको लागि झिक्ने मनस्थितिमा प्रधानमन्त्री ओली पुगेका स्रोतको भनाइ छ । ओलीले आफ्नै निर्देशनमा माधव पक्षका नेता सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसालसँग वार्ता गर्न आफू पक्षीय नेताहरुलाई खटाएका हुन् । यी चार नेतालगायत केही नेतालाई एमालेमै फर्काउने अन्तिम कसरतमा ओली लागिरहेका छन् ।

    यता माधव पक्षका भाृतसंगठनका नेताहरुले निर्देशनबिना ओली पक्षका नेतासँग वार्तामा बसेको भन्दै फिर्ता बोलाउन माधव नेपाललाई सुझाव दिएका छन् । उनीहरुलाई नयाँ पार्टी खोलेर अगाडि बढ्नसमेत माधव नेपाल पक्षलाई सुझाव दिए । नेता सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाललगाायतका केही नेता पार्टी एकतामै जोड दिएका छन् ।

    एमालेलाई एकताबद्ध राख्न माधव र ओली पक्षले छलफलको लागि एउटा कार्यदल गठन गरेका थिए । कार्यदल अहिले निष्क्रिय बनेको छ । कार्यदलका माधव पक्षका संयोजक भीम रावल पार्टीबाट निष्कासन भएका छन् । एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले कार्यदलका केही सदस्य पार्टीबाट निष्कासन भएपछि अर्को तरिकाबाट वार्ता भएको बताए । तर यसलाई ओली पक्षले केही नेता एमालेमा फर्काउने कसरत भएको बताइरहेका छन् ।

    नेपाल समूहले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई हराएको, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको लुम्बिनीको राष्ट्रियसभाको उपनिर्वाचनमा पनि अन्तरघात गरेकोजस्ता कारणले अब पार्टी एक नहुने निष्कर्षमा ओली पक्ष पनि पुगिसकेको छ, तर केही प्रभावशाली नेतालाई माधव नेपाल पक्षबाट आफूतिर तान्नेमा ओलीले रणनीति बनाएका छन् ।

    नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पनि सबै नेताहरु एकै स्थानमा रहने सम्भावना कम रहेको बताइसकेका छन् । ज्ञवालीले भने, ‘बढीभन्दा बढी साथीहरुलाई पार्टी एकताका लागि अडिनु होस् भन्ने प्रयास छ, तर केही नेता छोडेर जानुहुन्छ भने केही गर्न सकिदैन ।’ ज्ञवालीको आसय पनि माधव पक्षका केही नेतालाई ल्याउने र केही नेतालाई छोडेर अघि बढ्ने बुझिन्छ ।
    ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने विषयलाई गर्वका साथ महिमामण्डन गरिरहनु भएको छ। उहाँ साथीहरु फर्किनु भयो भने पार्टीका लागि राम्रै हुन्छ। तर उहाँहरुको गतिविधि र हामीले एकताका लागि गरिरहेको प्रयासमा कहीँकतै तालमेल मिल्दैन’ ज्ञवालीले भने ।

    पछिल्लो समय ओली पक्ष नेता नेपालसँग एकता गर्ने भन्दा पनि सो समूहमा रहेका प्रभावशाली नेताहरुलाई तान्न खोजिरहेको स्पष्ट बुझिन्छ । ‘पार्टी अध्यक्ष ओली नेपाल पक्षका केही नेतालाई राख्न चाहेका छैनन्, केही नेतालाई जसरी पनि ल्याउन खोजेका छन्’ उनी पक्षका एक नेताले भने । नेता नेपाल, भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई पार्टीमा कुनै हालतमा राख्न चाहनुहुन्न,’ ओली निकट नेताले भने, ‘सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टसहितका नेताहरुलाई पार्टीमा राख्न अहिलेको छलफल भइरहेको हो।’

    बुधबार, जेठ १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.