• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

काठमाडौंमा ४० दिन मेलम्चीको पानी वितरण बन्द हुँदै, अभाव टार्न के गर्छ केयुकेएलले?


  •   बुधबार, जेठ १९, २०७८ मा प्रकाशित
  • काठमाडौं। गत चैत १५ बाट काठमाडौं उपत्यकाबासीका धारामा आउन थालेको मेलम्चीको पानी फेरि ४० दिन रोकिने भएको छ ।

    Advertisement

    मेलम्चीको पानी असार १ गतेबाट बन्द गरेर सुरुङमार्गको निरीक्षण गर्ने तयारी गरिएको आयोजनाले जानकारी दिएको छ।

    मेलम्ची खानेपानी विकास समितिले असारबाट पानी बन्द गरेर सुरुङमार्गको निरीक्षण गर्ने योजना बनाएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सिडिइ) राजेन्द्रप्रसाद पन्तले बताए। ‘यो नियमित प्राविधिक काम हो। सुरुङमार्गका संरचनाहरु के छन् भनेर हेर्नुपर्छ। यसले निर्माणको कम्पनीको कामको गुणस्तर पनि थाहा हुन्छ,’ उनले भने, ‘खानेपानी मन्त्रालय र  प्रधानमन्त्री कार्यालयसँग स्वीकृति मागिएको छ।’

    यसका लागि सरकारले आयोजनालाई स्वीकृति भने दिइसकेको छैन। स्वीकृत भए मेलम्चीको पानी वितरण करिब ४० दिन बन्द हुनेछ। पन्तका अनुसार पानी बन्द गरेर सुरुङमार्ग खाली गरिनेछ। सुरुङमार्ग खाली गर्न करिब १५ दिन लाग्ने अनुमान छ। त्यसपछि एक साता सुरुङमार्गको परामर्शदाता कम्पनी,निर्माण कम्पनीका प्राविधिक र मेलम्ची खानेपानी विकास समितिको सयुक्त टोलीले निरीक्षण गर्नेछ।

    सबै संरचना ठिक देखिए पुन: पानी हालिनेछ। कुनै समस्या देखिए मर्मत गरेर मात्रै पानी हालिनेछ। सुरुङमार्गमा पानी भर्न पुनः १५ दिन लाग्ने छ।

    राजधानीबासीको लामो प्रतीक्षापछि आएको मेलम्चीको पानी चैत १५ गतेबाट परीक्षण वितरण सुरु भएको हो। महांकालचौरस्थित ट्यांकीबाट वितरण सुरु गरिएको पानी उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को पुरानै प्रणालीबाट चक्रपथभित्रको अधिकांश स्थानमा वितरण भइरहेको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी)ले मेलम्चीको पानी वितरणका लागि बिछ्याएको नयाँ प्रणालीको परीक्षण धमाधम गरिरहेको छ। करिब हजार किलोमिटर वितरण प्रणाली परीक्षण गर्नुपर्नेछ। जसमा कोरोनाका कारण थोरै मात्रै परीक्षण भएको बताइएको छ।

    मेलम्चीको पानी आएपछि काकाकुल बनेका राजधानीवासीले राहातको महसुस गरेका थिए। फेरि बन्द हुने भएपछि केही समय पानीको समस्या खेप्नुपर्ने भएको छ। बर्खामा बन्द हुने भएकाले हिउँदमा जस्तो समस्या नहुने खानेपानीका अधिकारीहरुको भनाइ छ। बर्खामा केयुकेएलले १४ करोड लिटरसम्म पानी वितरण गर्छ। हिउँदमा स्रोत सुक्ने भएकाले करिब ९ करोड लिटर मात्रै वितरण गर्छ।

    हाल प्रणालीमा मेलम्चीको पानी थपिँदा छेलोखेलोमा रमाइरहेका उपत्यकावासीलाई केही समय भने अपुग हुनसक्ने स्थिति आउँछ।

    मेलम्चीको पानी परीक्षणका लागि उपत्यकामा वितरण सुरू हुँदा बिजनेस सुकेका ट्यांकरहरुले केही समय फेरि रोजगारी पाउने भएका छ्न्। मेलम्ची आएपछि ट्यांकर व्यवसायीको ७० प्रतिशत बढी व्यवसाय घटेको थियो। अहिले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आइरहेको छ।

    एक वर्ष निर्माण कम्पनी आफैंले संचालन गर्ने 
    ठेक्का सम्झौता अनुसार एक वर्षसम्म आयोजना संचालनको जिम्मा निर्माण कम्पनीले गर्ने छ। डिफेक्ट लायबिलिटी पिरीयड एक वर्ष तोकिएको छ। उक्त अवधि बराबर नै सञ्चालन गर्ने गरी सम्झौता भएको पन्तको भनाइ छ। त्यसका लागि लाग्ने खर्च आयोजनाले व्यहोर्ने छ। ‘अडिटमा सुरक्षाकर्मी लगायतका कर्मचारी राख्नुपर्छ। खाना, सञ्चालन लगायतको खर्च आयोजनाले व्यहोर्ने भन्ने छ,’ पन्तले भने।

    सुरुङमार्ग निरीक्षण र हेडवर्क्स तयार भएपछि आयोजना पूरा भएको घोषणा गरिने छ। हेडवर्क्सको अधिकांश काम सकिएको छ। गेट, सफा गर्ने मेसिन लगायत जोड्न बाँकी छ। जर्मनीबाट आएको सामान वीरगंज भन्सार कार्यालयमा आइपुगिसकेको छ। छिट्टै ल्याएर जोड्ने पन्तले बताए।

    निर्माणको काम सिनो हाइड्रो कर्पोरेशनले गरिरहेको छ। इटालियन कम्पनी सीएमसी दि रिभेन्नाले आयोजना छाडेपछि करिब ९ महिना अलपत्र जस्तै बनेको थियो। आयोजनाले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोलाई ठेक्का दिएको हो। हेडवर्क्स निर्माण र सुरुङमार्ग फिनिसिङको काम दिइएको थियो।

    करिब १५ महिना हेडवर्क्स तयार पार्ने र एक वर्षमा सुरुङमार्ग फिनिसिङ गर्ने गरी असोज अन्तिम साता सम्झौता भएको हो। जस अनुसार सुरुङमार्ग फिनिसिङ भएर पानी नै वितरण सुरु भइसकेको छ भने हेडवर्क्स निर्माण अन्तिम चरणमा पुगेको छ। अहिले अस्थायी हेडवर्क्स (कफर ड्याम) बाट पानी हालिएको छ।

    एक वर्ष सिनो हाइड्रोले सञ्चालन गरेपछि आयोजना मेलम्ची खानेपानी विकास समितिलाई हस्तान्तरण गर्नेछ। त्यसपछि समितिले काठमाडौं उपत्यका खानेपानी व्यवस्था बोर्डलाइ जिम्मा दिनेछ। त्यसपछि कसरी सञ्चालन गर्ने भनेर दातृ निकायसँग समेत छलफल भइरहेको पन्तले बताए।

    बुधबार, जेठ १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.