काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । बुधबार साँझ राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा पुगेका हुन् ।
प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच दुई घण्टा छलफल भएको बताइएको छ । उनीहरुबीच के बिषयमा छलफल भयो भन्ने खुलेको छैन ।
प्रतिनिधि सभा विघटनपछि राष्ट्रपति र प्रधानमन्त्री ओलीबीचको यो पहिलो भेट हो ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी निर्वाचन घोषणा गरेपछि राष्ट्रपति र प्रधानमन्त्रीलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट परेको छ ।
