• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

गौतमबुद्ध विमानस्थलको काम साढे तीन प्रतिशत मात्र बाँकी


  •   बिहिबार, जेठ २०, २०७८ मा प्रकाशित
  • रुपन्देही । रुपन्देहीको भैरहवामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी काम सम्पन्न गरी सञ्चालनमा ल्याउन र दोश्रो टर्मिनल भवन निर्माणका लागि बजेटको सुनिश्चित भएपछि आयोजनाले गति लिने भएको छ ।

    Advertisement

    आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आवश्यक बजेट बिनियोजन गरेसँगै विमानस्थल निर्माणको नयाँ अध्याय सुरु भएको हो ।

    आर्थिक वर्ष २०७८/०७९को बजेटमा यो विमानस्थलको बाँकी काम सम्पन्न र नयाँ टर्मिनल भवन निर्माणका लागि ३ अर्ब ५३ करोड रुपैयाँ बिनियोजन भएको छ ।

    निर्माणको अन्तिम चरणमा रहेको विमानस्थललाई बजेटको कुनै समस्या आउन नदिने अर्थमन्त्री पौडेलले पटक–पटक बताउँदै आएका छन् । नयाँ बजेटले विमानस्थलसँगै दोश्रो टर्मिनल भवन पनि छिट्टै बन्ने निश्चित भएको छ ।

    अहिलेको अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन सानो रहेको र त्यसमा आधुनिक विमानस्थलमा हुने एरोब्रिज सुविधासमेत नरहेकोले दोश्रो टर्मिनल भवन निर्माणको तयारी भइरहेको आयोजना कार्यालयले जानकारी दिएको छ ।

    विमानस्थल आयोजनका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बजेट बिनियोजनले काम गर्न थप उत्साह आएको बताए । अहिले कोरोना न्युनीकरणका लागि निषेधाज्ञा लगाइए पनि प्रशासनको अनुमतिमा स्वास्थ्य मापदण्ड अपनाएर कार्यस्थलमै कामदारलाई राखेर काम भएको अधिकारीको भनाइ छ ।

    ‘निषेधाज्ञाले विमानस्थल निर्माणको काम रोकिएको छैन, क्यालिब्रेशन फ्लाइटका लागि विमानस्थल तयारी अवस्थामा छ र अहिले टर्मिनल भवनभित्र फिनिसिङका कामहरु भइरहेका छन् । कन्भेएर बेल्ट जडान सकिएको छ,’ इन्जिनियर अधिकारीले भने, ‘आगामी बजेटमा विमानस्थलको काम सम्पन्न गर्न र नयाँ टर्मिनल भवन निर्माणका लागि बजेट बिनियोजन हुनु निकै राम्रो हो र यसले हामीलाई काम गर्न थप ऊर्जा प्रदान गरेको छ र छिट्टै सक्नुपर्ने दवाव पनि पर्ने भएको छ ।‘

    प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको स्थलगत अवलोकनका क्रममा अहिलेको विमानस्थलको टर्मिनल भवन सानो भएको र नयाँ भवन बनाउनु जरुरी भएको निर्देशन दिएलगत्तै दोश्रो टर्मिनल भवन निर्माणको प्रकृया अघि बढेको र डिजाइनसमेत टुंगो लागिसकेको छ ।

    अब छिटै बोलपत्र आब्हान गर्ने आयोजनाले जनाएको छ । नयाँ टर्मिनल भवन अहिलेको टर्मिनल भवनको पश्चिमतर्फ निर्माण हुनेछ । नयाँ टर्मिनल भवनमा एरो ब्रिजसमेत निर्माण हुने र ६ वटा एरोब्रिज रहने गरी डिजाइन भएको छ । एरोब्रिज भनेको टर्मिनल भवनको प्रस्थान कक्षबाट सिधै जहाजभित्र प्रवेश गर्न मिल्ने गरी बनाइने एक किसिमको आकाशे पुलजस्तै हो । एरोब्रिज सुविधा भएको टर्मिनल भवन नेपालमै पहिलो हुनेछ ।

    दोश्रो टर्मिनल भवन बनेपछि अहिलेको टर्मिनल भवन आन्तरिक टर्मिनल भवनमा परिणत हुनेछ । हालका लागि भने आन्तरिक टर्मिनल भवन पुरानै भवनलाई यथावत गराइने जनाइएको छ ।

    बजेट विनियोजनसँगै व्यवसायीमा उत्साह

    सरकारले आवश्यक बजेट बिनियोजन गरिसकेपछि दोश्रो टर्मिनल भवन निर्माण हुने सुनिश्चित भएको र अहिले निर्माण सम्पन्न हुने क्रममा रहेको विमानस्थलको बाँकी काम र क्यालिब्रेशन फ्लाइटका लागि आवश्यक पहल सरकारबाट छिट्टै हुने विश्वास रहेको सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।

    विमानस्थलमा नयाँ भवन निर्माणका लागि बजेट बिनियोजन हुनु सकारात्मक रहेको सोसाइटी अफ टुर एन्ड ट्राभल अर्गनाइजेशन नेपालका उपाध्यक्ष एवम् भैरहवाका पर्यटन व्यवसायी सञ्जय बजिमयले बताए ।

    विमानस्थल निर्माण सम्पन्नताका लागि र नयाँ टर्मिनल भवन निर्माणका लागि बजेट बिनियोजन हुनुले पर्यटन क्षेत्रमा खुसी ल्याएको सिद्धार्थ होटल संघ नेपाल (शान)का अध्यक्ष एवं होटल संघ नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठ (सिपी)ले बताए ।

    साढे तीन प्रतिशत मात्र काम बाँकी

    विमानस्थल निर्माणको ९६.५ प्रतिशत काम सम्पन्न भएको छ । अहिलेको अवस्था तत्काल सहज हुने हो भने २ महिनामै विमानस्थल तयार हुने आयोजना प्रमुख अधिकारीको दावी छ ।

    यो आयोजनाको अहिलेसम्म ६ पटक म्याद थप भइसकेको छ । पछिल्लोपटक ६ महिनाका लागि फेरि म्याद थपेर आउँदो जुन ३० सम्म पुर्‍याइएको छ । सन् २०१७ भित्रै सक्नेगरी सन् २०१४ देखि निर्माण सुरु भएको आयोजना सुरुमा महाभूकम्प, मधेश आन्दोलन, भारतको नाकाबन्दी तथा ठेकेदार र सह–ठेकेदारबीचको आपसी विवादमा रुमलियो । जसले गर्दा निर्माण सम्पन्न समयावधि भन्दा आयोजना थप ४ वर्ष ढिलाई भइसकेको छ ।

    पछिल्लोपल्ट कोरोनाले नेपाल पनि उच्च जोखिममा परेकाले थाइल्याण्डको विकल्पमा परीक्षणका लागि विमान ल्याउन अन्य मुलुकसँग पनि कुराकानी भइरहेको छ । अब लाइट जडान, फर्निचर, फल सिलिङ, फिनिसिङ र केही उपकरण जडानको काम मात्रै बाँकी छ ।

    दुई चरणमा ठेक्का भएको विमानस्थलको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले ६ अर्ब २२ करोड रुपैयाँमा भौतिक संरचना निर्माणको ठेक्का लिएको छ भने उपकरण जडानको काम भने थाइल्याण्डको एरो थाइ कम्पनीले करिब ५० करोड रुपैयाँमा ठेक्का लिएको छ ।

    विदेशी कामदार रोकिएपछि समस्या

    महामारीका कारण घर फर्किएका चिनियाँ कामदारसहित अन्य मुलुकबाट आउनुपर्ने दक्ष जनशक्ति समयमा आउन नपाएकाले विमानस्थलको काम प्रभावित भएको छ ।

    यहाँको जनशक्तिलाई आयोजनास्थलमै राखेर काम गराइए पनि केही दक्ष जनशक्ति आउन नपाउँदा काम प्रभावित भएको हो । जसले गर्दा परीक्षण उडानका लागि विमानस्थल तयार भए पनि क्यालिब्रेसन फ्लाइट भने हुन पाएको छैन ।

    दोस्रो चरणको महामारीले परीक्षण उडानको प्रक्रिया अवरुद्ध पारे पनि थोरै जनशक्तिबाट पनि आयोजनाका अन्य कार्य भने जारी छन् । अहिले पनि आयोजना स्थलमा नेपाली, भारतीय र चिनियाँ गरी एक सय कामदारले काम गरिरहेका छन् ।

    नेपालमा दोस्रो चरणको कोरोना महामारी नफैलिएको भए यतिबेला गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान भइसक्थ्यो । तर महामारी तीव्र फैलिएपछि परीक्षण उडानका लागि थाइल्याण्डबाट आउनुपर्ने जनशक्ति र क्यालिब्रेसन फलाइट रोकिएको छ ।

    अर्कातर्फ अष्ट्रिया, अमेरिकालगायत मुलुकबाट उपकरण जडानका लागि आउने जनशक्ति पनि आएका छैनन् । दोस्रो चरणको निषेधाज्ञा हुनुपूर्व आयोजनास्थलमा धमाधम उपकरण जडानका कार्य जारी थिए । बैशाखको पहिलो हप्तामै मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउनेसम्बन्धी महत्वपूर्ण उपकरण जडान सम्पन्न भइसकेका छन् ।

    विमानस्थल परिसरमा जडान गरिएका उपकरण ठीक भए÷नभएको र सही काम गरे÷नगरेको बारेमा विशेष विमान ल्याएर परीक्षण उडान गर्ने अवस्थामा पुगेका बेला कोरोनाका कारण आयोजना फेरि प्रभावित भएको आयोजना प्रमुख अधिकारीको भनाइ छ ।

    बिहिबार, जेठ २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.