काठमाडौं – गए राति भएको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले सानदार जित निकालेको छ ।
निकै रोमान्चक बनेको उक्त खेलमा इंग्ल्याण्डले अष्ट्रियालाई १–० गोलले पराजित गरेको हो । उक्त खेलमा बुकायो साकाले गोल गरी इंग्ल्याण्डलाई जित दिलाए ।
उनले खेलको ५६ औं मिनेटमा निर्णय गोल गरेका हुन् । पहिलो हाफ बराबरीमा सकिएपछि दोस्रो हाफमा साकाले गोल गरेका हुन् । उक्त खेलमा अलेक्जेण्डर आर्नोल्ड घाइते भएका छन् ।
