“काेभिड-१९ काे महामारीमा याेगकाे उपयोगीता ” भन्ने शिर्षकमा राष्ट्रव्यापी निबन्ध प्रतियाेगिता हुने भएको छ । अन्तर्राष्ट्रिय याेग दिवसकाे अवसरमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौंले उक्त कार्यक्रम आयाेजना गर्न गईरहेकाे सांस्कृतिक केन्द्रले जनाएको छ ।
लकडाउनकाे समय र वर्तमान अवस्थालाई मध्यनजर गर्दै केन्द्रले अन्य विविध कार्यक्रमहरू ” घरमै बसेर याेग गराै” कार्यक्रम, कुशल प्रशिक्षकबाट ” लाईभ याेग प्रशिक्षण” , राष्ट्र व्यापी निबन्ध प्रतियोगिता आदि कार्यक्रम आयाेजना गर्ने स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले जनाएकाे छ। योगको सुरुवात सनातन देखिन नै हाम्रा ऋषी महर्षिहरूले मनुष्यकाे सुस्वथ्य , शारीरिक, मानसिक र बाैद्विक विकासका लागि सुरू गरेकाे एउटा वैज्ञानिक पद्धति हाे।
मानवीय स्वास्थ्यमा योगको विशेष महत्व रहँदै आएको छ । आत्मा, शरीर र मनलाई एकाकार गर्ने माध्यमको रुपमा समेत योगलाई लिने गरिन्छ । । जुन हाम्रो पूर्वीय संस्कार हो । तर योग अहिले पूर्वीय दर्शनमा मात्र सीमित छैन । अहिले पश्चिमी देशहरुमा समेत योगको प्रचारप्रसार भइरहेको छ ।
अमेरिकाका केही विश्वविद्यालयहरुमा अनिवार्य विषयको रुपमा नै योग शिक्षालाई समेट्ने काम भएको छ । यसै विषयलाई आत्मसाथ गर्दै काेराेना महामारीको समयमा पनि याेगकाे महत्त्वपूर्ण भूमिका रहेकाे छ । नियमित याेग व्यायाम गर्ने मानिसहरूमा काेराेना खासै संक्रमण नभएको र छिटाे निकाे भएको तथ्यहरू प्रसस्त मात्रामा पाइन्छ ।
त्यसैले याेग गराैँ निराेगी बनाैँ भन्ने मुल नाराकाे साथ यस बर्षकाे याेग दिवसमा सांस्कृतिक केन्द्रले यस्तो याेग प्रशिक्षण तथा निबन्ध लेखन कार्यक्रम आयाेजना गर्न गइरहेकाे हाे । केन्द्रले एक सुचना जारि गर्दै अन्तर्राष्ट्रिय याेग दिवसकाे अवसरमा काेभिड -१९ काे महामारीमा याेगकाे उपयोगीता भन्ने शिर्षकमा यही असार १ सम्म निबन्ध लेखेर केन्द्रकाे इमेल : icc.kathmandu@gmail.com मा पठाउन अनुराेध गरेकाे छ । साथै निबन्ध लेखन प्रतियाेगितामा सहभागी हुनेहरूलाई प्रमाण पत्र , प्रथम , द्वितीय र तृतीय हुने व्यत्तिलाई आर्कषक पुरस्कारकाे पनि व्यवस्था रहेकाे सांस्कृतिक केन्द्रले जनाएको छ ।
