• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

जिउँदै मान्छेलाई श्रद्धाञ्जली, अध्यक्षले भने— म सकुशुल छु


  •   आइतबार, जेठ २३, २०७८ मा प्रकाशित
  • बागलुङ : जिल्लाको गलकोट नगरपालिका वडा नम्बर १० पाण्डपखानीका वडा अध्यक्ष तिलक घर्तीको सामाजिक सञ्जालमा मृत्युको खबरले धेरै जना आश्चर्यचकित र स्तब्ध भए। स्वंयम् नगरपालिकाकै कर्मचारीहरु पनि अकल्पनीय खबरबाट विक्षिप्त बने।

    Advertisement

    मृत्युमा संशय राख्दै शनिबार दिउँसो ३ बजे गलकोट नगरपालिका स्वास्थ्य संयोजक मिनराज गैरेले अध्यक्ष घर्तीको मोबाइलमा फोन गरे, फोन उठ्यो। ‘तिलक सर बोल्नुभयो ?, तपाईँ ठीकै हुनुहुन्छ सर ?’ गैरेले प्रश्न गरे। अध्यक्ष घर्तीले आफू सकुशल रहेको जवाफ दिए।

    गैरेले लामो श्वास फेर्दै खुसी लागेको प्रतिक्रिया दिएपछि ‘किन के भयो र ?’ भनेर अध्यक्ष स्वयम्ले प्रतिपश्न गरेका थिए। जवाफमा गैरेले फेसबुकमा उनको मृत्युको खबर देखेर झस्किदै फोन गरेको बताएपछि अध्यक्ष घर्ती छाँगाबाट खसे जस्तो भए।

    गरैको फोन लगत्तै अध्यक्ष घर्तीलाई देश तथा विदेशबाट फोन आउन थाल्यो। उनलाई फोन गरेका अधिकांशले सोधे ‘तपाईँ तिलक हो, सञ्चै सकुशुल नै हुनुहुन्छ ?’

    गलकोट अपडेट र गलकोट बागलुङ नेपाल फेसबुक पेजबाट अध्यक्ष घर्तीलाई श्रद्धाञ्जली दिइएको थियो। ती दुवै फेसबुक एकाउन्टमा ‘निष्ठुरी दैव, तलाई नि राम्रै मान्छे चुन्नु पर्ने ? गलकोट नगरपालिका वडा नम्बर १० पाण्डवखानीका वडा अध्यक्ष तथा नेपाल राष्ट्रिय मगर संघ जिल्ला अध्यक्ष समेत रहनुभएका तिलक घर्तीजीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौँ। रेस्ट इन पिस। शोकाकुल परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस्’ लेखिएको थियो।

    साँझ मात्रै त्यो पोस्ट देखेपछि अध्यक्ष मगरले आफ्नो फेसबुक एकाउन्ट मार्फत आफू सकुशल रहेको जानकारी गराएका छन्।

    ‘केही मित्रले जे सोच्दै हुनुहुन्थ्यो, भगवानको कृपाले त्यो अहिले नै नहोस्, आखिर जन्मसँगै मृत्यु सत्य छ। केही मित्रजनबाट मेरो बारेमा मृत्यु पर्यन्त दिइने सद्भाव प्रकट गर्नु भएको रहेछ’, उनले फेसबुकमा लेखेका छन्, ‘मेरो शुभचिन्तक आफन्त तथा सम्पूर्ण साथीहरूमा यो गलत भएको र म सकुशल रहेको जानकारी गराउँदछु।’

    केही दिनदेखि हावाहुरीले गर्दा फोन इन्टरनेट अबरुद्ध भएको हुँदा सामाजिक सञ्जाल हेर्न नपाएको र फोन समेत गर्न नसकेको भन्दै पछि त्यो पोस्ट देख्दा आफूलाई निकै दुःख लागेको अध्यक्ष घर्तीले बताए।

    अध्यक्ष घर्तीले आफूलाई कुनै पनि स्वास्थ्य समस्या नभएको र गाउँमै काम गरेर रहेको बताए। झुटो खबरले आफ्ना आफन्त र शुभ चिन्तकहरुमा असर पुगेको भन्दै आफूले यस विषयमा जिल्ला प्रहरी कार्यालय बागलुङमा जानकारी गराएको र आइतबार साइबर अपराधमा उजुरी दिने सोचमा रहेको अध्यक्ष घर्तीले बताए।

    गलकोट अपडेटसहित दुवै पेज चलाउँदै आएका विशाल क्षेत्रीले गम्भीर कमजोरी भएको स्वीकार गर्दै क्षमा याचना गरेका छन्। ‘आज म आफैसँग लज्जित छु। मैले हतार गर्दा, मेरो हतारको गल्तीले धेरै जनालाई हानि गरेको छ’, उनले भने, ‘म कुन शब्दले क्षमा मागु ? मसँग त्यो शब्द छैन।’

    अन्नपूर्ण पोस्टबाट

    आइतबार, जेठ २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.