काठमाडौं – गए राति भएको युरोकपको तयारी खेलमा बेल्जियमले सानदार जित निकालेको छ ।
निकै रोमान्चक बनेको उक्त खेलमा बेल्जियमले क्रोएसियालाई १-० गोलले पराजित गरको हो । उक्त खेलमा बेल्जियमका लागि रोमेलु लुकाकुले निर्णयक गोल गरे । उनले खेलको ३८ औं मिनेटमा गोल गरेका हुन् ।
यस्तै अर्को खेलमा स्कटल्याण्डले लक्जेम्बर्कमाथि १-० गोलको जित निकालेको छ । उक्त खेलमा २७ औं मिनेटमा स्कटल्याण्डका छे आडम्सले गोल गरेका हुन् ।
