• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

‘माक्कुसे’ व्यापारमा पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ


  •   सोमबार, जेठ २४, २०७८ मा प्रकाशित
  • काठमाडौं । मानिसको जीवन निर्वाहको महत्वपूर्ण पाटो आर्थिक हो । आर्थिक रुपमा सम्पन्न हुन नसके जीवन निरश बन्न सक्छ । यसर्थ हरेक व्यक्ति आर्थिक अवस्था बलियो बनाउन चाहन्छन् । यसका लागि कोही व्यापार व्यवसाय गर्छन् त कोही नोकरी । तर, नोकरीले आर्थिक सवलीकरण गर्न सक्छ भन्ने हुँदैन । यसर्थ व्यापार र व्यवसाय हरेकको रोजाइमा पर्छ । सरकारीदेखि गैरसरकारी क्षेत्रमा कार्यरत कर्मचारी पनि कहिँ न कहिँ प्रत्यक्ष वा परोक्ष रुपमा व्यापार व्यवसायमा संलग्न हुन्छन् ।

    Advertisement

    प्रत्येक व्यक्तिको चाहना फरक हुन्छ । आफ्नो इच्छाअनुसारको क्षेत्र मानिसले रोजे पनि आर्थिक अवस्था बलियो बनाउन व्यापार र व्यवसायमा पनि संलग्न हुन्छन् । तर, कोही नेपालको नाम विश्वमा चिनाउने इच्छाले पनि अन्तर्राष्ट्रिय बजार लक्षित व्यापार व्यवसाय गर्न चाहन्छन् । यस्तै मध्येकी एक हुन्, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ ।

    अष्ट्रेलियामा अध्ययनसँगै बैंकमा काम गरेकी अनुष्कालाई नेपाली मिठाइ अन्तर्राष्ट्रियस्तरमा चिनाउने हुटहुटीले घच्घचाइरह्यो । सन् २०१९ को मिस नेपालको ताज पहिरिएपछि मिस वर्ल्डको प्रतिस्पर्धामा जाँदा नेपाललाई चिनाउने मात्रै होइन विदेशी चक्कलेट जस्तै नेपाली रैथान मिठाइलाई ब्राण्डको रुपमा विश्वबजारमा पु¥याउने चाहनाले मनलाई उद्धेलित गरायो । यसपछि नौ महिना अघि उनले सुरु गरिन्, ‘माक्कुसे’को व्यापार ।

    माक्कुसे अर्थात मिठोभन्दा पनि अति मिठो खानेकुरा । नेवारी शब्द रहेको माक्कुसेको अर्थ भन्न कठिन छ । तर, यसको भाव भने सबैभन्दा मिठो हो । अर्थात धेरै मिठो खानेकुरा । निकै मिठो लागेको खानेकुरा खाँदा ‘पेट अघायो मुख अघाएन’ भनेजस्तै हो ।

    जे होस्, उनले माक्कुसेको व्यापार थालिन् । माक्कुसे ’लक्जरी’ मिठाइ ब्रान्ड हो। यो ब्रान्ड अन्तर्गत गुँदपाक, पुष्टकारी र कुकिज उत्पादन हुन्छ। मौलिक रुपमा तयार पारिएको यसलाई आकर्षक प्याकेजिङ र ब्रान्डिङ गरिएको छ । जसलाई ‘लक्जरी मिठाइ’ बनाइदिएको छ। तर, यसको व्यापार थाल्नु अघि पूर्वमिस नेपाल अनुष्काले काठमाडौं उपत्यकाको विभिन्न मिठाइ पसलमा गएर जानकारी लिइन् भने घरमै पनि बनाएर सिकिन् ।

    कुनै बेला काठमाडौंबाहिर लैजाने कोशेली गुँदपाक थियो । तर, केही वर्ष अघि गुँदपाकबारे सार्वजनिक समाचारले सबै झस्कायो । र विस्तारै धेरैले यसलाई बिर्सन लागेको बेला अनुष्काले मौलिक स्वादमा स्वस्थकर तरिकाले गुँदपाक र यसबाट बनेका बस्तुलाई समेटेर माक्कुसे व्यापार थालेकी हुन् । निकै स्वादिलो रुपमा तयार गरेर गरिएको आकर्षक प्याकेजिङले नेपालबाहिर पनि स्थान पाउनेमा अनुष्का विश्वस्त छिन् ।

    आठ महिनाको बजार अध्ययनपछि नौ महिना अघिबाट ‘माक्कुसे’को व्यापार थालेकी उनले माक्कुसे पाँच परिकार रहेको जानकारी दिइन् । उनकाअनसार पुष्टकारी, रोजवाटर–पिस्ताचियो गुँदपाक, मोचा गुँदपाक, चकलेट–गुँदपाक फज कुकिज र ओट्स गुँदपाक पम्प्किन सिड कुकिज छन् । यी सबैमा नेपाली मौलिक स्वादमा रहेको अनुष्काको भनाइ छ । यी परिकार दूधबाट बनाइन्छ । र यसका लागि उनले काभ्रेको किसानसँग दूध किन्ने गरेकी छन् ।

    मानव स्वास्थ्यलाई समेत ध्यानमा राखेर बनाइएको माक्कुसे सुन्दा अलि महङ्गो लाग्ने सक्ने उनी बताउँछिन् । तर, ग्राहकको स्वास्थ्य नै पहिलो प्राथमिकता पर्ने भएकाले यसमा सम्झौता गर्न नसकिने हुँदा बजार भाउको तुलनामा अलि महङ्गो लाग्ने अनुष्काको भनाइ छ । साथै लक्कजरी ब्राण्डका कारण पनि महङ्गो जस्तो देखिएको बताएकी अनुष्काकाअनुसार माक्कुसेका मिठाइको मूल्य ६ सय ४९ देखि एक हजार दुई सय ४९ रूपैयाँसम्म पर्छ।

    काठमाडौंको ठूलो भ¥याङमा कारखाना रहेको माक्कुसे २५ लाख लगानीमा सुरू गरेको जानकारी दिएकी अनुष्काले ग्राहकको स्वास्थ्य, मौलिक स्वाद, नेपाली कलालाई ध्यानमा राखेर बनाएको बताइन्  ।

    सोमबार, जेठ २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.