• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

कचनकवलमा बसोबास गर्दै आएका गन्धर्व समुदायका ४६ परिवार लाई राहत वितरण


  •   मङ्गलबार, जेठ २५, २०७८ मा प्रकाशित
  • झापा । झापाको कचनकवल गाउँपालिकामा बसोबास गर्दै आएका अल्पसङ्ख्यक गन्धर्व समुदायको बस्तीमा खाद्य सङ्कट भएको समाचार राससमा प्रकाशित भएपछि पर्याप्त राहत सहयोग जुटेको छ । राहत आएपछि बस्तीमा खुशीयाली छाएको छ । कचनकवल–२ को सो विपन्न बस्तीमा गन्धर्व समुदायका ४६ परिवार बस्दै आएका छन् । कोभिड–१९ को महामारीका कारण निषेधाज्ञा लम्बिएपछि सो बस्तीका बासिन्दा भोकभोकै परेका थिए ।

    Advertisement

    काठमाडौँका केदार गान्धारीले रु ९० हजार पठाएर रासस झापा कार्यालयमार्फत बस्तीका ४६ परिवारमा प्रतिपरिवार एक बोरा (२५ केजी) चामल, मुसुरो दाल, तोरीको खानेतेल, साबुन र टुथपेस्ट सहयोग गरे  । गान्धारीबाट प्राप्त राहत सामग्री राससको झापा कार्यालय प्रमुख चन्द्रकला भण्डारीले प्रदेश नं १ का प्रदेशसभा सदस्य वसन्त बानियाँ र सञ्चारकर्मीहरुको उपस्थितिमा राहत सामग्री सोमबार हस्तान्तरण गरे ।

    राहत सामग्री पाएपछि खुशी भएकी स्थानीयवासी धनमाया गन्धर्वले सानो परिवारका लागि दुई महिना र ठूलो परिवारका लागि कम्तीमा एक महिना पुग्ने चामल, दाल र खानेतेल सहयोग पाएको बताए । “बाहिर निस्कन नपाउँदा कमाउने बाटो थुनियो, घरमा भएको चामल दाल सबै सकियो”, धनमायाले भने, “राहत नआएको भए गाइनेको चुलो बल्न छाडिसकेको थियो ।”

    गन्धर्व बस्तीमा अरु दाताले पनि राहत सामग्री पु¥याएका छन् । काठमाडौँकी समाजसेवी ज्वाला सङ्ग्रौला, अनेरास्ववियू कचनकवल गाउँ समिति, सत्यसाई सेवा समिति प्रदेश नं १ समिति र कचनकवल स्वतन्त्र युवा समूहबाट समेत राहत सामग्री प्राप्त भएको स्थानीयवासी रेजिना गन्धर्वले बताए  ।

    झापा सदरमुकाम भद्रपुरबाट ३० किलोमिटर दक्षिण नेपालकै होचो स्थान कचनकवलमा गन्धर्व समुदायको अलग्गै बस्ती छ । सारङ्गी रेटेर गाउँगाउँ डुल्दै गीत गाउने पेशा अँगालेका विपन्न गन्धर्वहरु कोरोना महामारीका कारण हिँडडुल बन्द भएपछि भोकभोकै बस्नु पर्ने अवस्था आएको थियो । उनीहरुको खेतीपाती र व्यापार छैन ।

    पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाजका सचिव रविन गन्धर्वले समुदायले कोरोना कहरमा भोग्नुपरेको दुःख बुझेर राहत सामग्री ल्याइदिनु हुने सम्पूर्ण सहयोगी व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्नुभएको छ । भोकै बस्नुपर्ने परिस्थितिले चिन्तित गन्धर्व परिवारमा मनग्य राहत जुटेपछि खुशीयाली छाएको उनले बताए  ।

    “सहयोगी मनहरुले हाम्रो दुःख बुझेर पर्याप्त राहत ल्याइदिनुभयो, अब गन्धर्व बस्तीमा कोही पनि भोकै बस्नुपरेन”, उनले भने, “गाउँबस्ती डुलेरै पुर्खादेखि जीविका चलाउँदै आएका थियौँ । कोरोनाले निषेधाज्ञा लागेपछि लामो समय घरभित्रै बस्नुपर्दा खानेकुराको चरम अभाव भएको हो ।”

    सोही क्षेत्रका जनप्रतिनिधि एवं प्रदेशसभा सदस्य बानियाँले जनताको स्वास्थ्य सुरक्षाका लागि लामो अवधिसम्म निषेधाज्ञा लगाउनु पर्ने परिस्थितिले विपन्न गन्धर्व समुदायमा खाद्य सङ्कट उत्पन्न भएको जनाउँदै मानवीय भावनाले ओतप्रोत भएर राहत सहयोग गर्नुहुने सबै दाताप्रति कृतज्ञता व्यक्त गरे ।

    गन्धर्व समुदायको कला, संस्कृति र पहिचानको संरक्षणका लागि प्रदेश सरकारको सहयोगमा गन्धर्व सङ्ग्रहालय निर्माण शुरु गरिएको बानियाँले बताए । सो समुदायका लागि जनता आवास कार्यक्रममार्फत विपन्न परिवारलाई घर निर्माण, सामुदायिक घरबास कार्यक्रम र बालबालिकाको शिक्षाका लागि विशेष योजना ल्याइएको उनले जानकारी दिए ।

    रासस

    मङ्गलबार, जेठ २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.