काठमाडौं । सरकारले मुलुकभर जारी गरिएको निषेधाज्ञा खुकुलो बनाउने तयारी थालेको छ ।
बाँकेमा गत वैशाख १३ गते र काठमाडौं उपत्यकामा वैशाख १६ गतेबाट जारी भएको निषेधाज्ञा ७५ वटा जिल्लामा कायम रहेको छ ।
जस कारण जनजीवन प्रभावित भइरहेको र कोरोना संक्रमण दर पनि घटिरहेका बेला सरकारले निषेधाज्ञा खुकुलो बनाउने तयारी थालेको हो ।
यसका लागि गृहमन्त्रालयले छलफल गर्न थालेको छ । निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्न गृहले छलफल थालेको हो ।
मुलुकभरका जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर गृह मन्त्रालयले निषेधाज्ञ खुकुलो बनाउन लागेको हो । यसका लागि जिल्लाको अवस्थाबारे गृहले जानकारी मागिरहेको छ ।
अत्यावश्यकीयबाहेक सेवा अहिले रोकिएका छन् । अब केही क्षेत्रलाई जनस्वास्थ्यका मापदण्ड पालना गरेर निषेधाज्ञा खुकुलो बनाउने तयारी गरिएको हो । अधिकांश जिल्लामा जेठ मसान्तसम्म निषेधाज्ञा जारी गरिएको छ ।
