• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

६ लाख कर्मचारीको तलब बढ्दा ३ करोड जनता महँगीको मारमा


  •   मङ्गलबार, जेठ २५, २०७८ मा प्रकाशित
  • जेठमा कर्मचारीको तलब र बृद्ध भत्ता बढाउने व्यवस्था भएसँगै बजार भाउ आकासिएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै साउन १ गतेदेखि तलब र बृद्ध भत्ता बढाउने व्यवस्था गरेसँगै बजार भाउ पनि उकालो लाग्न थालेको हो।

    Advertisement

    अहिले सबैभन्दा बढी मूल्य खाने तेलमा बढेको छ। त्यसपछि मासुको भाउ बढेको छ।

    खाने तेल साढे दुई महिनायता लिटरमै ७५ रुपैयाँसम्म बढेको छ। साढे दुई महिनाअघि १४५ देखि १६० रुपैयाँ पर्ने एक लिटर सोयाबिन तेलको मूल्य बढेर २२० रुपैयाँदेखि २३५ रुपैयाँसम्म पुगेको छ।

    प्रतिलिटर २३५ रुपैयाँ पर्ने सनफ्लावर तेल अहिले ३०० रुपैयाँसम्म पुगेको छ। तोरीको तेल पनि २७५ रुपैयाँदेखि २९० रुपैयाँसम्ममा बिक्री भएकोमा ३३० रुपैयाँसम्म पुगेको छ।

    त्यसैगरी, मासुको मूल्य पनि बढेको छ। केही महिना अघि ३१० रुपैयाँमा पाइने कुखुराको मासु अहिले ४५० भन्दा बढी पुगेको छ। यसैगरी, गेडागुडी र तरकारीको मूल्य पनि बढेको छ।

    ६ लाख कर्मचारीको तलब बढ्दा ३ करोड जनता महँगीको मारमा

    आगामी साउन १ देखि करिब ६ लाख कर्मचारीको तलब बढ्ने भएको छ। तर उनीहरुको तलब नबढ्दै मँहगीले निकै उचाई चुमेको छ।

    तीन करोड जनसंख्या रहेको नेपालमा जम्मा ६ लाख अर्थात २ प्रतिशत कर्मचारीको तलब सामान्य बढ्दा आकासिएको महँंगीले भने सबैलाई मारमा पारेको छ।

    गहुँ पिस्दा घुन पिसिएजस्तै करिब दुई प्रतिशत मात्र कर्मचारीको तलब बढ्दा अन्य ९८ प्रतिशत नागरिकको तलब बृद्धि नभएपनि महँगीको मारमा भने ती कर्मचारी सरह नै पर्ने गरेका छन्।

    सरकारले आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीको तलव २ हजार रुपैयाँ बढाएको छ। कर्मचारीको बढेको तलब पाउनु अघि नै बजार भाउ उकालो लागेको छ।

    साउनदेखि कर्मचारीको तलब बढ्ने भएको छ। त्यसरी बृद्धि भएको तलबले कर्मचारीको जेनतेन खर्च धान्न सक्ला। तर, जसको तलब बढेको छैन्, उनीहरुले खरिद गर्ने वस्तुको भाउ समेत बढेको छ। यसले तलब बृद्धि नभएका नागरिकको जीवनयापनमा निकै असर पार्नेछ।

    व्यवसायीले तलब र बजेट देखाएर सामानको भाउ बढाउने गरेका छन्। सरकारले मूल्य बृद्धि नियन्त्रण नगरेपछि तलब बढेका कर्मचारीले समेत खासै राहत महसुस गर्न सक्ने अवस्था छैन। २ हजार रुपैयाँले बढ्ने कर्मचारीको तलब र ४ हजार पुन्ने बृद्ध भत्ताले पनि मंहगीलाई थेग्न सक्ने सम्भावना देखिएको छैन। त्यसमा निजी क्षेत्रमा काम गर्ने कर्मचारीको तलब वृद्धि नहुँदा उनीहरुलाई अझ मार पर्ने गरेका छन्।

    कर्मचारीको तलब बृद्धि सम्बन्धी निर्णयले सर्वसाधारणमा एक प्रकारको वितृष्णा पैदा गर्ने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले बताए। ‘सरकारी कर्मचारीको तलब वृद्धिको असर अन्य नागरिकमा पनि परेको छ,’ उनले भने, ‘सरकारले यसको समाधानका बारेमा बेलैमा सोच्नुपर्छ।’

    सरकारले आगामी साउनदेखि लागू हुने गरी कर्मचारीको तलब वृद्धि गर्ने निर्णय गरेपनि दैनिक उपभोग्य वस्तुको मूल्य भने पहिलेदेखि नै बढ्न थालेको हो। व्यापारीहरुले पहिलेदेखि नै कर्मचारीको तलब बढेको जस्तोगरी दैनिक उपभोग्य सामग्रीको मूल्य बढाएका छन्।

    कर्मचारीको तलब वृद्धिकै अनुपातमा महँगी पनि बढेको छ। कर्मचारीको तलब २ हजारले बढेको छ, बजार भाउ त्यो भन्दा बढीले बढेको छ। तरकारी, दाल, तेललगायतका दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ।

    बजेटमा कर्मचारीको तलब र बृद्ध भत्ता बढाउने सुइको पाएसँगै बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढेको एक जना उपभोक्ता हित संरक्षणकर्मीले बताए। ‘कृत्रिम तरिकाले दैनिक उपभोग गर्ने खाद्यान्नको मूल्य बढाइएको छ,’ उनले भने। सरकारले उचित नियमन गर्न नसकेका कारण मूल्य बढेको हो।

    बजेटपछि विशेष गरी दाल, तेल, मासुलगायतका वस्तुको मूल्य बढेको खुद्रा व्यापारीहरु बताउँछन्।
    कर्मचारीको तलब, जेष्ठ नागरिकको भत्ता बढेको भन्दै दाल, तेल, तरकारी, फलफूलदेखि खाद्यवस्तुमा समेत मूल्य कृत्रिम तवरले व्यवसायीले बढाएका छन्।

    सरकारी अनुगमन कमजोर हुनुको फाइदा व्यापारीले उठाउँदै आएका छन्। दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा उपभोक्ता भने मारमा परेका छन्। कर्मचारीको तलब बढ्ने निश्चित भएसँगै सामानमा पनि व्यापारीले बढी मूल्य लिन थालिसकेको विज्ञहरुको भनाइ छ।

    मङ्गलबार, जेठ २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.