मिडिया नेटवर्क । हिन्दू स्वयंसेवक संघ नेपाल र मारवाडी सेवा केन्द्रको प्रयासमा चेपाङ समुदायका २३० परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।
२०७८ जेष्ठ २३ गते,आइतबार हिन्दू स्वयंसेवक संघ नेपाल,परिवार र मारवाडी सेवा केन्द्रको प्रयासमा चितवन जिल्लाको राप्ती नगरपालिका -११ का जुमलिङ्ग ,किरनटार, जोङ्ग्वाङ्ग,रेपाक, ठकुरी भञ्ज्याङ्, बेलगाउँ, सिमलडाडाँ लगायत ८ वटा गाउँका २३० परिवारलाई ( चामल, दाल, तेल, नुन,सोयाविन) खाद्यान्न समाग्री वितरण गरेको छ ।
चितवन, नवलपुर र मकवानपुरका संघका स्वयंसेवक एव मारवाडी सेवा केन्द्रले अति नै बिपन्न चेपाङ परिवार हरुलाई उप्त खाद्यान्न वितरण गरेको हो ।
देश भरी नै विभिन्न सेवा कार्य गर्दै आइरहेको हिन्दू स्वयंसेवक संघ नेपालले चितवनमा मारवाडी सेवा केन्द्र,नारायणघाट सङ्गको सहकार्यमा उक्त कार्य सम्पन्न गरेको हो ।
राहत वितरणमा हिन्दू स्वयंसेवक संघका माननीय जिल्ला संघचालक नारायण चालिसे , सम्भाग सह कार्यवाह गोविन्द पौडेल , विभाग बिस्तारक सागर जोशी , राष्ट्र सेविका नेपाल कि राष्ट्रिय कार्यवाहीका उर्मिला ढलाल त्यसै गरि मारवाडि सेवा केन्द्र नारायणघाटका अध्यक्ष दुल्लिचन्द डागाँ, महासचिव विक्की वर्मा, उपाध्यक्ष पन्कज अग्रवाल लगायतको उपस्तिथि रहेको थियो ।
