धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । ५२ सदस्य रहेको प्रदेशसभामा प्रस्तावको पक्षमा ३० मत परेको छ । जसमा एमाले माधव समूहका १७ मत परेको छ भने ओली पक्षका ७ जनाले मतदान गरेनन् । यस्तै, नेपाली कांग्रेसको १२ र जसपाको २ जनाले मतदान गरेनन् ।
मंगलबार बिहान बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम उनले प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेका थिए । १२ भोट तटस्थ रहेको थियो । सत्तारुढ दल नेकपा एमालेले जेठ १० गते सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता र्लिएपछि उनले मंगलबार विश्वासको मत लिनका लागि संसद सविचवालयमा प्रस्ताव पेश गरेका थिए ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्न संसदीय दललाई ह्वीप जारी गर्न निर्देशन दिएका थिए । तर, पार्टीको निर्णयलाई चुनौति दिदै बिहान बसेको एमाले संसदीय दलको बैठकले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।
मुख्यमन्त्री भ्टटले विश्वासको मत लिएसंगै एक वर्षका लागि उनको पद जोगिएको छ ।
