विश्वकप तथा एसियन कपको संयुक्त छनोटअन्तर्गत जोर्डनविरुद्ध नेपाल ३-० गोल अन्तरले पराजित भएको छ ।
कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा जोर्डनको जितमा बाहव फैजलले दुई र यजान अल अरबले एक गोल गरे ।
जोर्डनले पहिलो हाफको १४औँ मिनेटमा मेनाल्टीमार्फत गोल गर्दै १-० को अग्रता लिएको थियो । जोर्डनका लागि वहाब फैजलले गोल गरे । उनको यो १२औँ गोल हो ।
फैजलले खेलको २४औं र ४८ औं मिनेटमा गोल गरे हुन् । यजानको भने यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।
नेपालले यो प्रतियोगिताअन्तर्गत नेपालले अष्ट्रेलियाविरुद्ध ११ जुनमा खेल्नेछ । सो खेल पनि कुवेतमै हुनेछ ।
