काठमाडौं – विश्वकप तथा एसियन कप छनोट अन्तर्गत भएको खेलमा अष्ट्रेलियाले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा अष्ट्रेलियाले चाइनिज ताइपेईलाई ५–१ गोलले पराजित गरेको हो ।
कुवेत सिटीस्थित जावेर अल अहमद इन्टरनेसनल स्टेडियममा भएको उक्त खेलमा १२औं मिनेटमा ह्यारी साउटरले गोल गरी अष्ट्रेलियालाई अग्रता दिलाए ।
त्यसपछि अष्ट्रेलियाका लागि खेलको २७औं मिनेटमा जेमी म्याकलरेनले र ४१औं मिनेटमा ट्रेन्ट सेन्सवरीले गोल गरे । त्यसपछि खेलको ४६औं मिनेटमा डुकेले गोल गरे । त्यसपछि खेलको ६२औं मिनेटमा ताइपेईका वेई जिइ गाओले गोल गरे ।
त्यसपछि खेलको ८४औं मिनेटमा मिटचेल डुकेले अर्को गोल गरी टिमलाई जित दिलाए । जितसँगै अष्ट्रेलिया समूह ‘बी’ मा ६ खेलबाट १८ अंक पुर्याएको छ ।
