• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

स्थानीय सरकारका आइसोलेसन रित्तै


  •   बुधबार, जेठ २६, २०७८ मा प्रकाशित
  • तनहुँ– तनहुँको भीमाद नगरपालिकामा १७४ जना कोरोनाका सक्रिय संक्रमित छन् । तीमध्ये ४ जना संक्रमित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आइसोलेसनमा छन् । बाँकी सबै होम आइसोलेसनमा ।

    Advertisement

    नगरपालिकाले भीमाद बजारस्थित भीमाद प्राथमिक स्वास्थ्य केन्द्रमा बनाएको ५ बेडको आइसोलेसन छ । तर, यहाँ १ जना पनि संक्रमित नरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

    यो आइसोलेसनमा १० वटा अक्सिजनका सिलिन्डर व्यवस्थापन गरिएको छ । भिडियो एक्सरे सुविधासमेतको आइसोलेसन होल्डिङ सेन्टरको रूपमा मात्रै प्रयोग हुँदै आएको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत मुनिराज बराल बताउँछन् । ‘यहाँ केही समय संक्रमितलाई राखिन्छ । हेल्डिङ सेन्टरको रूपमा सञ्चालन भएको छ’, उनले भने, ‘अलि राम्रो अवस्था छैन भने उता जिपीतिर पठाइन्छ।’

    सामान्य स्वास्थ्य अवस्था भएकालाई होम आइसोलेसनमै राख्ने गरेको बरालले जानकारी दिए । संक्रमितलाई होम आइसोलेसनमा राख्दा संक्रमण झनै बढाएको उनी स्वीर्काछन् । उनी भन्छन्, ‘यसमा दुईमत छैन । राज्य र स्थानीय तहले नसकेर मात्रै हो । होम आइसोलेसनले कोरोना संक्रमणको चेन ब्रेक गर्न सक्ने स्थिति छैन ।’

    बन्दीपुर गाउँपालिकाले पनि बन्दीपुर अस्पतालमा १५ बेडको आइसोलेसन बनाएको छ । आवश्यकताअनुसार ३० बेड बनाउन सकिने यहाँ हाल आइसोलेसनमा बस्ने कोही छैनन् ।

    स्वास्थ्य कार्यालय तनहुँको तथ्यांकमा ५३ जना बन्दीपुरे संक्रमित होम आइसोलेसनमा छन् । ‘नर्मल केस भएका कारणले हो । अक्सिजन दिनुपर्नेलाई अस्पतालको आइसोलेसनमा भर्ना गर्ने गर्छौं’, गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले भने ।

    गाउँपालिकामा होम आइसोलेसनमा राख्दा पनि कोरोना नियन्त्रण गर्न सकिएको उनी दाबी गर्छन् । ‘संक्रमण देखिएपछि एक घरबाट अर्को घरमा मान्छे गएनन् । प्रत्यक्ष संक्रमितलाई भेटेर निगरानी गर्दै आएका छौँ,’ उनले भने ।

    बन्दीपुर र भीमादको मात्रै हैन, जिल्लाका ७ वटै स्थानीय तहका आइसोलेसन रित्तै रहेको जिल्ला जनस्वास्थ्य कार्यालय तनहुँको तथ्यांकले देखाउँछ । व्यास, ऋषिङ र घिरिङका आइसोलेसनमा मात्रै संक्रमित बसेको उक्त तथ्यांकले पुष्टि गरेको छ ।

    शुक्लागण्डकी र भानु नगरपालिकासहित म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा सक्रिय संक्रमित होम आइसोलेसनमा छन् । जटिल अवस्थाका एकाध भने पोखरा र चितवनका अस्पतालमा उपचाररत रहेको अनुमान छ ।

    तनहुँका १० वटै स्थानीय तहमा २ हजार १ सय ८७ जनामा दोस्रो लहर सुरु भएयता कोरोना पोजेटिभ पुष्टि भएको छ । तीमध्ये ९ सय ३९ निको भएका छन् । ६४ जनाको मृत्यु हँुदा सक्रिय संक्रमितको संख्या १ हजार १ सय ८४ छ ।

    तीमध्ये आइसोलेसनमा ७४ जना रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार व्यास नगरपालिकाको आइसोलेसनमा ३०, दमौली अस्पतालको आइसोलेसनमा ११, जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनमा २७, ऋषिङकोमा ४ र घिरिङकोमा २ जना संक्रमित उपचाररत छन् ।

    तनहुँका १० स्थानीय तह र २ अस्पतालमा १ सय ९५ बेडको आइसोलेसन तयार छ । दमौली अस्पतालमा ७ आइसियु र ४ भेन्टिलेटर छन् । जिपीमा प्रदेश स्वास्थ्य निर्देशनालयबाट ल्याएर २ भेन्टिलेटर चलाइएको छ । जिल्लाभर ३ सय १६ सिलिन्डर र २९ एम्बुलेन्स संक्रमितको उपचारका लागि जोहो गरिएको छ ।

    बन्दीपुर गाउँपालिकासँगै देवघाट गाउँपालिकाले पनि संक्रमितलाई घरमै गएर भेट्ने गरेको छ । शुक्लागण्डकीका केही वडाले पनि यो अभियान चलाएका छन् ।

    होम आइसोलेसनमा बसेकालाई अधिकांश स्थानीय तहले निरीक्षण गर्न सकेका छैनन् । केही स्थानीय तहका जनप्रतिनिधि संक्रमितको घर–घरै पुगेर उनीहरूको अवस्था निरीक्षण गरे पनि नियमित नहुँदा प्रभावकारी भने भएको छैन ।

    स्थानीय जनप्रतिनिधिसँगै टोल विकास संस्था, परिवारका सदस्यले पनि होम आइसोलेसनमा बस्ने संक्रमितको निगरानी राख्नुपर्ने भीमादका जनस्वास्थ्य अधिकृत बरालको सुझाव छ ।

    सीमित स्रोत–साधनमा आफूहरू संक्रमितको घर–घरमा पुग्न नसकेको उनले बताए । तर, फोनबाटै भए पनि संक्रमितको स्वास्थ्य अवस्था बुझ्ने, परामर्श दिएर मनोबल उच्च बनाउन काम भइरहेको उनको दाबी छ ।

    बुधबार, जेठ २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.