पुजा ढकाल, चितवन । विश्व माहामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणका कारण जिल्लामा निषेधाज्ञा लागुभएपछी खान नपाएका मानिसहरुलाई हाम्रो दृष्टि राम्रो दृष्टिद्वारा खाधान्न सहयोग ।
सेवा नै धर्म हो भन्ने मुल नाराका साथ सुरु भएको यो अभियानमा यस संस्थाले पहिलो चरणमा भरतपुरका वडा नं ६, १४, १५, १६, दोस्रो चरणमा देवघाट,ठिमुरा,रामनगर, तेस्रो चरणमा माडिको वडा नं ५, ६, चौथो चरणमा भरतपुर वडा नं ९, पाचौं चरणमा कालिका नगरपालिकाको वडा ३, ५, ६, ७ र छैटौं चरणमा पनि कालिका नगरपालिकाको वडा नं १ आवश्यक सामाग्री वितरण गर्दै आएको कुरा संस्थाका अध्यक्ष अरुण पौडेलले बताए ।
जेठ १४ गते देखि दैनिक रुपमा बिहान १० बजे देखि बेलुका ६ बजेसम्म सुरुभएको यो अभियानबाट हालसम्म ३ सय भन्दा बढी अति बिपन्न परिवारले सेवा पाएका छन् । वि.स २०७४ सालबाट संचालनमा आएको यस संस्थाले बिपन्न परिवारलाई दाल, चामल, तेल, नुन, सोयाबिन र हात धुने साबुन वितरण गर्दै आएको कुरा पौडेलले बताए ।
विभिन्न सहयोगी दाता र हाम्रो दृष्टि राम्रो दृष्टि जापान शाखाबाटको मुख्य सहयोगमा सुरुभएको यो अभियानमा अब रत्ननगर नगरपालिकाको ६, १४, इच्छाकामना गाउँपालिकाको १, २, ७ र कालिका नगरपालिकाको ३, ७ वडामा राहतका दिन बाँकी रहेका घर धुरीलाई राहत पुर्याउने र निषेधाज्ञा जारी रहेसम्म अभियान पुनः संचालन गर्ने कुरा संस्थाका अध्यक्ष पौडेलले जानकारी दिए।




त्यस्तै कोरोनाको समयमा देशभर भएको रक्त चापलाई मध्य नजर गर्दै आज बिहान ७ बजे नेपाल रेडक्रस सोसाईटी र हाम्रो दृष्टि राम्रो दृष्टिले कालिका नगरपालिका-७ जुटपानी तल्लो बजारमा खुल्ल रक्तदान कार्यक्रमको आयोजना पनि गरेका थिए ।
