१) तिमीले जे खोज्दैछौ, त्यसले तिमीलाई पनि खोज्दैछ । २) जसले आमाबाबुलाई स्वर्ग लिएर जान्छ त्यो छोरा हो, जसले स्वर्गलाईनै घरमा लिएर आउछ त्यो छोरी हो, र जसले घरलाईनै स्वर्ग बनाइदिन्छ त्यो बुहारी हो ।
३) मान्छेले घर बदलिन्छ, सम्बन्ध बदलिन्छ, साथीलाई बदलिन्छ तर पनि ऊ किन खुशी हुन सक्दैन ? किनकि सबै बदलेर पनि उसले आफैलाई बदलिन बिर्सन्छ । ४) गल्ती गर्नु मानविय कर्म हो र क्षमा गर्नु इश्वरिय कर्म ।
५) जिन्दगीको दौडमा यो जरुरी छैन कि तिमी अगाडी नै हुनुपर्छ र सबैलाई पछाडी पार्नु पर्छ भन्ने जरुरी त तिम्रो दौडमा सामिल भएर दौदिनुमा छ, थाकेर लड्नु र फेरी उठ्नुमा छ किनकि जिन्दगीको यहि रित हो जो आज अन्तिम छ भोली प्रथम पक्का हुन्छ बस निरन्तर दौडिनु जरुरी छ ।
६) जबसम्म तिमी हासी राख्छौ तब सम्म यो दुनियाले तिमीलाई साथ् दिनेछ किनकि आँशुले त आखामा पनि ठाउ पाउदैन ।
७) यो कोसिस गर्नु कि जिन्दगीको हरेक पल राम्रो संग बितोस किनकि मान्छे त मेटिएर जान्छ तर याद सधै रहने गर्दछ ।
८) मान्छेहरु आजकल धेरै तितो बोलि बोल्छन तर मैले मिठो बोलि बोल्न छाडेको छैन ।
९) आफ्नो बाटो आफै रोज किनकि तिमीलाई तिमीले भन्दा अरुले राम्रो संग बुझेको छैन ।
१०) खुशी पनि अचम्मको चिज रहेछ कहिलेकाही खुशी आफू संग हुन्छ तर खुशी बाडने आफ्नो कोहि हुदैन ।
११) राम्रा मान्छेहरु टाढै बाट चिनिन्छ, धोकेवाजहरु छेउमा भएर पनि चिन्न सक्दैन ।
१२) तिनिहरुको पर्वाह नगर्नुस, जसको विश्वास समयको साथ बदलिन्छ पर्वाह सदा उनिहरुको गर्नुस जसको बिश्वास तपाइमाथी तब पनि होस जब तपाइको समय बदलिन्छ ।
१३) हो म यस्तै छु घमण्ड गर्ने हरु संग कुरा मिल्दैन र त टाढा नै बस्न मन पराउछु ।
१४) आज नोटहरू पल्टाउदै जादा एउटा अधुरो प्रेम कथामा आखा अडियो, जुन हामी दुई बिचको कहानी थियो ।
१५) याद पनि एउटा रोग नै हो जसले दिल अनि दिमाग लाई बारबार दुखाउछ ।
व्यक्तित्व विकासको लागि के गर्ने : तपाईं कसैको अगाडी उभिंदा वा कसैसंग बोल्दा मानिसले तपाईंको व्यक्तित्वलाई नियालिरहेको हुन्छ । व्यक्तित्व भनेको तपाईंको बोली, व्यवहार, शारीरिक हाउभाउ, विचार आदिको समग्र रुप हो । आफ्नो उक्त व्यक्तित्वलाई सही तरिकाले उजागर गर्न सक्नुभयो भने तपाईंबाट मानिसहरु छिट्टै प्रभावित हुन्छन् र तपाईंको जीवन पनि सफलता तिर लम्किन सक्छ ।
व्यक्तित्व विकासको लागि के गर्ने ?
– आफूमा आत्मविश्वास जगाउनुहोस्। मानिसहरु आफ्नो विगत, सामाजिक वर्ग, जात, शैक्षिक योग्यता आदिलाई लिएर कसैको सामू उभिंदा डराउँछन् । ती सबै कुरालाई आत्मसात गरेर आफू माथि गर्व गर्न सिक्नुहोस् । त्यसले तपाईंमा आत्मविश्वास जगाउँछ। आत्मविश्वासले नै तपाईंले आफ्नो विचारलाई अरुसामु प्रष्ट रुपमा राख्नसक्नुहुन्छ र निडर बनेर अरुसामु प्रस्तुत हुन सक्नुहुन्छ ।
– आफूलाई सजिलो, समय अनुकुल र आफ्नो शरीरलाई सुहाउँदो खालको कपडा लगाउनुहोस् । यसले तपाईंलाई आकर्षित देखाउनुको साथै आत्मविश्वास बढाउँछ।
– तपाईंको बाहिरि प्रस्तुति पछि तपाईंको व्यक्तित्व झल्काउने भनेको तपाईंको बोलीले हो । त्यसैले नम्र भएर बोल्नुहोस्, अरुको कुरा सुन्ने बानि बसाल्नुहोस् । संचारको लागि आवश्यक भाषा सिक्नुहोस् ।
– बोल्दा, बस्दा वा उभिंदा आफ्नो शारीरिक हाउभाउलाई ध्यान दिनुहोस् । त्यसले तपाईंको सभ्यता साथै आत्मविश्वास झल्काउँछ ।
– मानिसहरु संग घुलमिल हुन सक्ने बानीको विकास गर्नुहोस् । समाज तथा देशका मुद्दा साथै घटनाहरुबारे जानकार रहनुहोस् । समाजका सम्पूर्ण व्यक्तिलाई आदर गर्न सिक्नुहोस् ।
– सकारात्मक सोंच राख्नुहोस् । नकारात्मक सोंच राख्ने र अरुको आलोचना मात्र गर्ने बानीले तपाईंलाई कुनै पनि खालको सम्बन्धबाट टाढा बनाउन सक्छ ।
– कुनै पनि कुरा सिक्ने ईच्छा जागरुक गर्ने बानि बसाल्नुहोस् । जीवनमा सिकेको कुरा केही पनि खेर जाँदैन । त्यसैले मानिसको विचार, व्यवहार, वातावरण आदिबाट केहि कुरा सिक्न खोजिरहनुहोस् । यसले तपाईंको ज्ञान र विचारको दायरालाई बढाइदिन सक्छ।
– काममा पछि हट्ने बानी नगर्नुहोस् । कामलाई बुझेर नेतृत्वदायी भूमिका निर्वाह गर्न अग्रसर हुनुहोस् ।
