काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न असफल भएका छन् ।
विहिबार प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री गुरुङ पदमुक्त बनेका छन् । एमालेका २७ जना सांसदले उनको पक्षमा मतदान गरे भने विपक्षमा ३० जना सांसदले मतदान गरे ।
गत वैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्री बनेका गुरुङले संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत मागेका हुन् । तर विश्वासको मत लिन प्रयास गरेपनि उनले बहुमत प्राप्त गर्न सकेनन् ।
६० सदस्य रहेको प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्र सांसदमा १ जना रहेका छन् ।
