• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

कक्षा 12 काे परिक्षा बारे आयाे निर्णय


  •   शुक्रबार, जेठ २८, २०७८ मा प्रकाशित
  • विद्यालय तहको अन्तिम परीक्षाका रूपमा रहेको कक्षा १२ को परीक्षाको सम्बन्धमा असार १५ गतेपछि निर्णय गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार कक्षा १२ को परीक्षाका सम्बन्धमा असार १५ गतेपछि मात्रै निर्णय हुने बताएका छन् ।

    Advertisement

    बुधबार रातोपाटीसँग कुराकानी गर्दै सदस्यसचिव अर्यालले कक्षा १२ को परीक्षाको मोडालिटीका सम्बन्धमा छलफल भइरहेको र यसबारे असार १५ गतेपछाडि मात्रै निर्णय हुने बताए ।

    उनले भने, ‘कक्षा १२ भनेको विद्यालय तहको अन्तिम परीक्षा हो । त्यसकारण यसलाई अलि विशेष रूपले हेर्नुपर्ने हुन्छ । हामी परीक्षा कसरी लिने भन्ने सम्बन्धमा छलफल गरिरहेका छौँ । यसका लागि अब कम्तीमा असारको १५ गतेसम्म कुर्नुपर्ने हुन्छ । त्यसपछि हामी कुन मोडालिटीमा कसरी परीक्षा लिने भनेर निर्णय गर्नेछौँ ।’

    कक्षा १२ को आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन हुने सम्भावना कति छ भन्ने रातोपाटीको प्रश्नमा सदस्यसचिव अर्यालले यसलाई फरक रूपले हेर्नुपर्ने बताए । अर्यालले भने, ‘कक्षा १२ भनेको विद्यालय तहको अन्तिम कक्षा र परीक्षा हो । कक्षा १२ पछि नै विश्वविद्यालयको पढाइ सुरु हुने, एमबीबीएस, बीएससी नर्सिङ लगायतका उच्च शिक्षा तथा विदेशमा अध्ययनका लागि जाने भएकाले क्वालिटी कन्ट्रोलको विषय पनि हुन्छ । त्यसकारण आन्तरिक मूल्याङ्कनबटै नतिजा प्रकाशन गर्ने कुरा केही जटिल छ । यद्यपि हामी यतिबेला परीक्षाको मोडालिटीको सम्बन्धमा छलफल गरिरहेका छौँ ।’

    तर फेरि पनि सङ्क्रमण दर बढेको र लकडाउन लम्बिएको अवस्थामा के होला त भन्ने प्रश्नमा उनले गत वर्ष मङ्सिरमा परीक्षा गरेको बताए । तर यसपटक मङ्सिरसम्म कुर्नु नपर्ने भन्दै आफूहरू सकेसम्म भौतिक रूपमै विद्यार्थीले लेखेर परीक्षा दिने व्यवस्था गराउन लागिपरेको बताए । त्यो अवस्था नआएमा पनि विद्यार्थीले कुनै न कुनै विधिबाट परीक्षा दिएरै नतिजा प्रकाशन गर्ने गरी काम गरिरहेको सदस्यसचिव अर्यालले बताए ।

    विद्यार्थीको परीक्षा लिनैपर्छ : शिक्षाविद् डा. महाश्रम शर्मा

    शिक्षा सेवामा २९ वर्ष र शिक्षण पेसामा ७ वर्ष बिताएका शिक्षाविद् डा. महाश्रम शर्मा पनि आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गर्न नहुने बताउँछन् । कक्षा १२ विद्यालय तहको अन्तिम परीक्षा भएको कारणले पनि आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गर्दा पछि समस्या आउने सक्ने बताउँछन् ।

    शर्मा भन्छन्, परीक्षा प्रणालीमा परिवर्तन गर्नुपर्ने छ, त्यो त ठीकै हो । १ वर्ष पढेको कुरा ३ घण्टाको परीक्षाबाट मूल्याङ्कन गर्नु गलत हो, त्यसकारण परीक्षाको मोडालिटी परिवर्तन गर्नैपर्छ । तर यो परिस्थिति आउला र विद्यार्थीको मूल्याङ्कन गर्नुपर्छ भन्ने उद्देश्यबाट अहिले अध्यापन भएको होइन । त्यसकारण आन्तरिक मूल्याङ्कनबाट नतिजा लिने कुरा हुन सक्दैन । कुनै न कुनै विधिबाट विद्यार्थीको परीक्षा लिएर नै नतिजा प्रकाशन गर्नुपर्छ ।’

    शर्माले थपे, ‘राष्ट्रिय परीक्षा बोर्डले मिहिनेत गरे अहिले पनि परीक्षा लिन गाह्रो छैन । गतवर्ष पनि परीक्षा लिएकै हो । त्यसकारण यस वर्ष नसकिने भन्ने कुरा भएन । गत वर्ष डेढ घण्टा गर्न सकियो भने अहिले २ घण्टा परीक्षा लिन किन सकिँदैन । सुरक्षाका मापदण्ड अपनाएर सकेसम्म भौतिक रूपमै परीक्षा लिनुपर्छ ।’

    परीक्षाका लागि विद्यालय र स्थानीय तह भने जिम्मेवार बन्नुपर्ने शर्माको तर्क छ । विद्यालयले इमानदारीपूर्वक परीक्षा लिने व्यवस्था मिलाउने र स्थानीय तहले त्यसका लागि समन्वय गर्नुपर्ने शर्माको भनाइ छ ।

    लकडाउनका कारण कतिपय विद्यार्थीहरू एक स्थानबाट अर्को स्थानमा पुगेको भन्दै अहिले विद्यार्थी जुन स्थानमा छन्, त्यही स्थानबाटसमेत परीक्षा दिने व्यवस्था मिलाउनुपर्ने शर्मा बताउँछन् । उनी भन्छन्, ‘अब तत्कालै लकडाउन खुले त ठीकै होला । तर लकडाउन नखुलेको अवस्थामा विद्यार्थीहरू गाउँघर वा अन्यत्र कतै गएका हुन सक्छन् । त्यसकारण उनीहरू जुन स्थानमा छन्, त्यही स्थानको विद्यालयबाट भए पनि परीक्षा लिने वातावरण चाहिँ मिलाउनुपर्छ ।’

    परीक्षा नै नलिई आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गरेमा विद्यार्थीमा गर्वबोध गर्ने वातावरण नै नबन्ने शर्मा बताउँछन् । उनी भन्छन्, ‘विद्यार्थीलाई पनि महसुस हुनु प¥यो । मैले परीक्षा दिएर, मलाई जाँचेर नै सर्टिफिकेट पाएको हो भन्ने गर्व विद्यार्थीमा हुनुपर्छ । त्यसबाहेक परीक्षा नै नलिई त्यत्तिकै नतिजा प्रकाशन गर्दा भोलि उच्च शिक्षा र अध्ययनका लागि अन्य देशमा जाँदा पनि समस्या पर्न सक्छ ।’

    छिमेकी देश भारतमा पनि अधिकांश परीक्षा बोर्डले भौतिक रूपमै परीक्षा लिएर नतिजा प्रकाशन गर्ने भन्दै कुरिरहेका छन् । भारतमा करिब ७० वटा उच्च माध्यमिक शिक्षा दिने बोर्ड रहेको भन्दै भारतमा सीबीएससी बोर्डले आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गर्ने भने पनि अन्य सबै बोर्डहरू पर्ख र हेरको अवस्थामा रहेका छन् ।

    शुक्रबार, जेठ २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.