काठमाडौँ – खेलाडीको खेल भत्ता बढाइएको छ । नेपाल क्रिकेट संघ (क्यान) कार्यसमितिको बैठकले नयाँ आर्थिक कार्यविधि पारित गरेको छ ।
दुई दशकपछि क्यानले कार्यविधिमा परिमार्जन गरेको हो । कार्यविधि अनुसार खेलाडीले एक दिवसीय अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा रु १० हजार भत्ता पाउने छन् । यसअघि टी २० अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा रु पाँच हजार भत्ता पाइन्थ्यो ।
यस्तै महिला खेलाडीले एक दिवसीय प्रतियोगिताको रु पाँच हजार र टी २० प्रतियोगितामा रु तीन हजार पाउनेछन् । खेलाडीले बन्द प्रशिक्षणमा दैनिक रु पाँच सय भत्ता पाउने कार्यविधिमा व्यवस्था गरिएको छ । घरेलु प्रतियोगिता हुँदा खेलाडीले रु पाँच सय भत्ता पाउने क्यानले जनाएको छ ।
