काठमाडौँ – युरोकप अन्तर्गत भएको खेलमा वेल्स र स्वीट्जरल्याण्डको बराबरी बराबरी खेलेका छन् ।
निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा वेल्स र स्वीट्जरल्याण्डको बराबरी खेल्दै अंक बाडेका हुन् । खेलमा दुवै टिमले १(१ गोलको बराबरी खेलेका हुन् ।
उक्त खेलमा स्वीट्जरल्यान्डका ब्रिल इम्वोलोले गोल गरी टिमलाई अग्रता दिलाए । तर ७४औं मिनेटमा वेल्सका किफर मुरले फ्लिक हेडरमा गोल गरे ।
बराबरीसँगै दोस्रो स्थानमा रहेको स्वीट्जरल्याण्डले १ खेलमा १ अंक जोडेको छ भने तेस्रो स्थानमा रहेको वेल्सले १ अंक जोडेको छ ।
