काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री गगन थापाले प्रदेश सरकारहरूले आफ्नो अस्तित्व बोध गराउन नसकेको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत नेता थापाले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका पार्टीका कृष्णचन्द्र नेपाली ९पोखरेल०लाई शुभकामना दिदै सो कुरा बताएका हुन् ।
उनले अहिलेको राजनीतिक गतिविधिले चारैतिर निराशा र आक्रोश बढाएको बताएका छन् । उनले प्रदेश सरकारहरूले आफ्नो अस्तित्व बोध गराउन नसकेको अवस्थामा अब कामबाट जनतामा आशा जगाउन र फरकपनको आभास दिलाउन सक्नुपर्ने बताएका छन् ।
कृष्णचन्द्र नेपालीलाई बधाई दिदै उनले लेखेका छन् – ‘गण्डकी प्रदेशको मुख्यमन्त्री हुनुभएकोमा कृष्णचन्द्र नेपालीलाई हार्दिक वधाइ शुभकामना! राजनीतिक गतिविधिले चारैतिर निराशा र आक्रोश बढाएको छ।’
‘झन् प्रदेश सरकारहरूले त आफ्नो अस्तित्व बोध नै गराउन नसकेको अवस्थामा अब कामबाट जनतामा आशा जगाउन र फरकपनको आभास दिलाउन सक्नुपर्छ।हार्दिक शुभकामना!’
