चितवन। कोरोना महामारीकाे संकटमा काेठा भाडामा बसिरहेका विद्यार्थीहरूलाई खाध्यान्न सहयोग ।।
नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु माडी इकाईले डेरामा बस्ने विद्यार्थीहरुलाई खाध्यान्न सहयोग गरेको छ ।
दिवाकर बहुप्राविधिक शिक्षालयमा अध्ययनका लागि बाहिर जिल्लाबाट आई डेरा गरी बसेका १० जना विद्यार्थीहरुलाई चामल, नुन, तेल, साबुन लगायतका खाध्यान्न सामग्री वितरण अनेरास्ववियु माडीका प्रतिनिधि सन्जय ढकाल र बिशाल अधिकारीले पुगि केही खाद्यान्न सहयोग गर्नु भएको हाे ।
