काठमाडौं – काठमाडौँ उपत्यकामा आजदेखि मेलम्चीको पानी नआउने भएको छ । आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्नुपर्ने भएकाले आजदेखि झण्डै दुई महिनासम्म मेलम्चीको पानी नआउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
काठमाडौं उपत्यकामा प्रतिदिन उपलब्ध भइरहेको १७ करोड लिटर पानी अब दुई महिना नआउने भएको हो । मेलम्चीको पानी नआउने भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०ले खानेपानी वितरण गर्ने भएको छ । केयुकेएल खानेपानीको तालिका सार्वजनिक गरेको छ ।
अब केयुकेएलले मेलम्चीको पानी नआउन्जेलसम्म खानेपानी वितरण गरिने भएको हो । केयुकेएल एक सूचना जारी गर्दै खानेपानी लिमिटेडले कुन ठाउँमा कहिले खानेपानी वितरण गरिने जानकारी दिएको छ ।

